Previous Version
Tuesday, Oct 27, 2020  |  मंगलवार, ११ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
राष्ट्रपतिबाट टीका ग्रहण पुजारीको हत्या मिति २०७७ साल कार्तिक १० गते सोमबार, बिजया दशमी अक्टोबर २६ तारीख हेरौं राशिफल सभापति देउवाद्वारा घर—डेरामै सीमित रहेर पर्व मनाउन आग्रह परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह दशैँको मुख्य दिन विजयादशमीः उत्तम साइत १०ः१९ बजे जो जहाँ जहाँ छाँैं, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रम दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह बागलुङमै किबी र जडीबुटीको बिरुवा उत्पादन कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन

ढाेका' फिल्ममा काेराेनाकाे कथा

सोमबार, २२ भाद्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौं/ "बरु बनकाे बाघले खाओस मनकाे बाघले नखाओस ।"  याे नेपाली उखानलाई 'ढाेका' फिल्ममा उतारिएकाे छ ।
विश्वमै महामारिकाे रुपमा फैलिएकाे काराेना भाईरस (काेभिड -१९) का कारण मानिसमा परेकाे मनाेसामाजिक समस्यालाई लिएर बनेकाे 'ढाेका' फिल्म सार्वजनिक भएकाे छ ।
वन्डेड लायन प्राेडक्सन र डिएआर मुभिज एन्ड फिल्मसकाे संयुक्त प्रस्तुति रहेकाे 'ढाेका' फिल्मकाे लेखन तथा निर्देशन नायक दिवश धितालले गरेका छन् । नायककाे रुपमा काम गरेका दिवसले पछिल्लाे समयमा निर्देशनमा पनि काम गरिरहेका छन् । दिवशले यसमा कलर डिजाइन पनि गरेका छन् ।
आम मानिसलाई काेरानाकाे कारण परेकाे मानसिक तनावलाई ढाेका मार्फत उतारिएकाे निर्दशक धितालले बताए ।
फिल्मकाे छायांकन तथा सम्पादन बरुण काेईरालाले गरेका छन् । वरुण भारतमा गएर छलचित्र छायांकन अध्ययन गरेर केही वर्ष भारतकाे चलचित्र उद्योगमै छायांकनकाे अनुभव लिएर नेपाल आएका छांयाकार हुन् । बरुणले यश फिल्ममा साउण्ड डिजाईन काे पनि काम गरेका छन् ।
'ढाेका' लाई निर्माता राजाराम गाैतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकारहरु आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीकाे अभिनय रहेकाे छ ।
यस कथा वस्तुलाई पर्दा मार्फत आम दर्शक सामु लेराउन  प्रभावन जे एन्ड टिमले प्रमुख सल्लाहकारकाे रुपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे छ ।
फिल्ममा निर्माण नियन्त्रण विवेक चाैलागाई रहेका छन्  । फिल्म वन्डेड लायन प्राेडक्सनकाे अफिसियल युटुव च्यानलबाट दर्शक माझ आएकाे छ ।
भिडियाे हेर्नुस ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू