Previous Version
Tuesday, Oct 27, 2020  |  मंगलवार, ११ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
राष्ट्रपतिबाट टीका ग्रहण पुजारीको हत्या मिति २०७७ साल कार्तिक १० गते सोमबार, बिजया दशमी अक्टोबर २६ तारीख हेरौं राशिफल सभापति देउवाद्वारा घर—डेरामै सीमित रहेर पर्व मनाउन आग्रह परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह दशैँको मुख्य दिन विजयादशमीः उत्तम साइत १०ः१९ बजे जो जहाँ जहाँ छाँैं, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रम दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह बागलुङमै किबी र जडीबुटीको बिरुवा उत्पादन कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन

जमैका हारेको खेलमा सन्दीपको किफायती बलिङ

सोमबार, २२ भाद्र २०७७, सगरमाथा पोष्ट.
ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत आइतबार राति भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ गर्नुभयो । सेन्ट लुसिया जोउक्ससितको खेलमा उहाँले उत्कृष्ट खेल प्रदर्शन गर्दै एक विकेट लिनुभयो । यद्यपि समूह चरणको अन्तिम खेलमा सन्दीप आबद्ध जमैका तलावाज भने सेन्ट लुसियासित ११ रनले पराजित भएको छ ।  
 
टस जितेर पहिला ब्याटिङ गरेको सेन्ट लुसियाले ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । एक सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले भने ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । जमैकाका लागि प्रारम्भिक ब्याट्सम्यान ग्लेन फिलिप्सले ४९ रन बनाए पनि अरुको खेल प्रदर्शन निराशाजनक रह्यो । जेमेन ब्ल्याकवुडले २५ तथा निकोलास किटोनले पनि २५ रनको योगदान दिनुभयो । यस्तै चाडविक वाल्टनले १० रन जोड्नुभयो । बलिङतर्फ जाहिर खान र जेवलिन ग्लेनले तीनतीन तथा केसरिक विलियम्सले एक विकेट लिनुभयो । 
 
यसअघि प्रारम्भमा ब्याटिङ गर्न पुगेको सेन्ट लुसियाका लागि नजिबुल्लाह जादरानले ३५, रहकेस कार्नवालले ३२, रोस्टोन चेसले ३२ तथा मार्क दयालले १३ रन बनाउनुभयो । 
 
बलिङतर्फ जमैकाका लागि सन्दीप लामिछानेले रखिम कर्नवेलको विकेट लिनुभएको हो । सन्दीपले सो खेलमा चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिनुभयो । सन्दीपले हालसम्म १० खेलमा १२ विकेट लिनुभएको छ । यस्तै जमैकाका लागि सेन्ट लुसियासितको खेलमा मुजिव उर रहमानले २, फिडेल इडवार्ड, भिरासम्मी प्रेमउल, कार्लोस ब्रेथवाइटले एकएक विकेट लिनुभयो । 
 
जमैकाले अब सेमिफाइनल खेल मङ्गलबार ट्रिबागो नाइट राइडर्ससित खेल्नेछ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू