Previous Version
Tuesday, Oct 20, 2020  |  मंगलवार, ४ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति नेप्सेमा दोहोरो अङ्कको वृद्धि सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित सरकारलाई मानव अधिकार आयोगको आग्रह चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना दशैंँमा बैंक नखुल्ने बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते महँगो भएपछि च्याङ्ग्राको व्यापार ह्रास आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी प्रम र मन्त्रीको दशैंँखर्च कोरोना उपचार कोषमा जम्मा गरिने

सन्दीप आबद्ध जमैकाको खेल आज राति

शनिबार, २० भाद्र २०७७, सगरमाथा पोष्ट.
क्यारेबियन प्रिमियर लिग (सिपीएल)अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तालवाजले आफ्नो नवौँ खेल आज राति खेल्दै छ । ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा जमैकाले नवौँ खेल बार्बाडोस ट्रिनिडाडविरुद्ध खेल्नेछ । उक्त खेल राति १२ बजे शुरु हुने छ । बार्बाडोसको भने यो १०औँ खेल हो । बार्बाडोससितको खेल जित्नका लागि जमैकाले ब्याटिङमा सुधार गर्नुपर्ने छ । जमैकाको ब्याटिङ लाइन कमजोर रहँदै आएको छ । जमैका बलिङमाथि निर्भर रहँदै आएको छ । जमैकाले आठौँ खेल वर्षाका कारण खेल्न पाएको थिएन । जमैका तीन खेलमा जित हात पार्दै अंक तालिकाको चौथो स्थानमा छ । दुई खेल अगावै जमैका सेमिफाइनल प्रवेश गरिसकेको छ । बार्बाडोस पाँचौँ स्थानमा रहेको छ । बार्बाडोस सिपीएलबाट बाहिरिएको छ । सन्दीपका लागि आजको खेल महत्वपूर्ण छ । उहाँले सिपीएलमा हालसम्म सात खेलमा १० विकेट लिइसक्नुभएको छ । सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द हुँदा सन्दीपलाई घाटा भएको छ । प्रतियोगितामा उहाँ सर्वाधिक विकेट लिने खेलाडीको छैटौँ स्थानमा रहनुभएको छ । सबैभन्दा बढी विकेट लिनेमा गुएना अमेजनका इमरान ताहिर रहनु भएको छ । उहाँले १० खेलमा १५ विकेट लिनुभएको छ । यस्तै सर्वाधिक विकेट लिनेको सूचीमा जमैकाका मुजिब उर रहमान रहनुभएको छ । उहाँले आठ खेलमा १३ विकेट लिनुभएको छ । प्रतियोगितामा ट्रीनबेगो नाइट राइडर्स ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । उसले अब सेमिफाइनलमा प्रतियोगिताको चौथो स्थानमा रहने टोलीसित खेल्ने छ । गुयना एमेजन वारियर्स लिग चरणका १० वटै खेल खेलेर १२ अंकका साथ दोस्रो स्थानमा छ । आठ खेल खेलेको सेन्ट लुसिया जुक्स १० अंकसहित प्रतियोगिताको तेस्रो स्थानमा छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू