१२ औ निडवान सम्वाद श्रृंखलामा कोभिड १९ कोे बेलामा समाजका विविध सामाजिक, आर्थिक, सांस्कृतिक, र वातावरणिय विषयहरुमा कोभिड १९ ले सिमान्तकृत वर्ग महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरीक, बालबालिका, आदिवासी जनजाति, मुस्लीम, दलित, यौनिक तथा अल्पसंख्याक समुदायहरुको लागि गरिएका अहिलेसम्म गरिएका प्रयास, उपलब्धी चुनौति समस्या र अबका दिनमा गर्न पर्ने प्रयासहरुको बारेमा जानकारी गराईएकोे थियो ।
यस निडवान सम्वाद श्रृंखलामा २ जना अतिथि वक्ताहरु श्री मातृका देवकोटा, कोशिसका कार्यकारी निर्देशक र श्री टिका दाहाल, नेपाल अपाङ्ग महिला संघका अध्यक्षले अपांगताको सवालमा लकडाउन पश्चात विभिन्न संघ संस्थाहरुबाट गरिएको उपलब्धीहरु जस्तै राहत वितरण, साकेतिक दोभाषेको सुविधा, दौतरी परामर्श, सुरक्षित घर सेवा विभिन्न हेल्प लाईन र टेलीफोन परामर्श सेवा, सचेतनामुलक, पर्चा, पमप्लेट, सूचना, जुम (सचांर प्रविधी) मार्फत तालिम र सचेतना, वकालत र पैरवी गरेको तर सरकारका प्रयासहरु एकदम थोरै मात्रमा गरिएको छ र प्रभावकारी हुन नसकेको जानकारी गरिएको थियो ।
छलफलको क्रममा कोशिसका कार्यकारी निर्देशक श्री मातृका देवकोटाले अहिलेको अवस्थामा बौद्धिक अपांगता, मनोसामाजिक अपांगता र सिमान्तकृत समुदायका व्यक्तिहरु हिड्डुल गर्न सिमीतता भएकोले कोभिड १९ का बेला थप्रै आर्थिक, सामाजिक, मानसिक र स्वास्थ्य सम्बन्धी समस्याहरु बढ्दै गएको छ र लगभग ३००० जना व्यक्तिहरुले आत्महत्या गरी सकेको छ । साथै यो समयमा रोजगारी गुम्न, आर्थिक अभाव हुन, विभेद्, हिसां, घरेलु हिंसामा अपांगता भएका महिलाहरु सिकारमा परेका छन् । उनीहरु आफ्नो मुद्धालाई दवाएर बस्नु परेका छ । जनतालाई के चाहिन्छ राज्यको स्थानिय तहमा केही सम्र्पक छैन् अपांगता भएका व्यक्तिहरुको लागि अहिले निराशजनक छन् । अपांगता भएको व्यक्ति भित्र गम्भिर अपांगता व्यक्ति र महिलाहरुलाई फरक किसीमले वहाँहरुको आवश्यकतालाई सम्बोधन गर्नु पर्ने जोड दिनु भयो । अपांगता भएका महिला भित्र पनि सिमान्तकृत महिला र अन्तरक्षेदिय अवधारना अपनाई व्यापक रुपमा संचेतना वकालत र पैरवी गर्नु पर्ने र अपांगता भएका महिलाहरुको नेटवर्क, सवालहरुलाई अगाडी बढाउनु पर्ने र सामुहिक रुपमा मिलेर जानु पर्ने र सरोकारवाला निकाय र सरकारलाई जवाफदेही बनाउन पर्ने भन्नेमा जोड दिएको थियो ।
१२ औं निडवान संवाद श्रृङखलामा आयोजक संस्थाले कोभिड १९ को बेला अपांगता भएको व्यक्तिहरुले भोगेको समस्या र सझावहरुलाई संकलन गरि प्रतिबेदन मार्फत संयक्त राष्ट्रसंघको विशेष समाधिक्षक अपांगता, स्वास्थ्य, सिमान्तकृत समदाय, आदिवासी र महिला विरुद्ध हिंसाको सचिवालयमा बझाएको गत अप्रिल २०२० मा बझाएको र त्यसको साथै विभिन्न राहात, सचेतना, वकालत, पैरवी, तालिम, टेलिपरामर्श सेवा, दौतरी परामर्श लगायत थुप्रै कार्यक्रम गरेको जानकारी सवाद श्रखलाका सहजकर्त एंवम आयोजक संस्थाका अध्यक्ष प्रतिमा गुरुङ्गले जानकारी गराएको थियो । कार्यक्रममा महिला, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, बालबालिका, यौनिक तथा अल्पसंख्यक तथा विभिन्न दातृ निकायका प्रतिनिधिहरु गरी ९५ जना व्यक्तिहरु विभिन्न प्रदेशहरुको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए । सो संवाद श्रृङखलामा संम्वाद तथा छलफललाई प्रभावकारी संञ्चार र सूचना दिने उद्देश्यका साथ साङकेतिक दोभाषे र क्लोज क्यापसनिङको पनि व्यवस्था गरिएको थियो । उक्त सम्वाद श्रृंखलाको सहजीकरण आयोजक संस्थाले भदौ १३ गते शनिवारको दिन गरेको थियो । समाजका समसामायिक विषयहरु बारेमा १५ दिनमा गरिने यो संवाद श्रृखलामा आगामी दिनमा पनि निरन्तरता पाउन् भन्ने शुभेच्छा सहभागीहरु व्यक्त गर्नुभएको थियो ।