Previous Version
Tuesday, Oct 20, 2020  |  मंगलवार, ४ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति नेप्सेमा दोहोरो अङ्कको वृद्धि सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित सरकारलाई मानव अधिकार आयोगको आग्रह चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना दशैंँमा बैंक नखुल्ने बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते महँगो भएपछि च्याङ्ग्राको व्यापार ह्रास आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी प्रम र मन्त्रीको दशैंँखर्च कोरोना उपचार कोषमा जम्मा गरिने

बक्सिङ प्रशिक्षक र निर्णायकको कोरोना बीमा

बिहीवार, १८ भाद्र २०७७, सगरमाथा पोष्ट.
नेपाल बक्सिङ सङ्घले बक्सिङका प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा गरेको छ । सङ्घले ३२ प्रशिक्षक तथा २० निर्णायक गरी ५२ जनाको कोरोना बीमा गरेको हो । सङ्घका प्रवक्ता श्याम अवालेका अनुसार सबैको जनही रु एक लाखका दरले कोरोना बीमा गरिएको हो । ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको बीमा गरिएको अवालेले जानकारी दिनुभयो ।
बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले बीमापत्र प्रमुख प्रशिक्षक प्रकाश थापामगर र एशियाली खेलकूदका कास्य पदक विजेता एवं सङ्घको प्रविधिक समितिका संयोजक दीपक महर्जनलाई हस्तान्तरण गर्नुभएको छ । यसअघि १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी बक्सिङका १६ खेलाडी तथा दुई  प्रशिक्षकको कोरोना बीमा बक्सिङ सङ्घका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले गर्नुभएको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू