Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

धतुरे महामारी : थलिएको विश्‍व र हाम्रो भाषा

बिहीवार, १८ भाद्र २०७७, फणिराज नेपाल.
भाषा सञ्चारको माध्यम हो। भाषा भनेको शरिरमा भएका नशामा रक्त सञ्चार प्रवाह भएर जीवनलाई धाने जस्तै हो। विश्वमा असंख्य भाषाहरू छन। गन्ती गरेर साध्य छैन। हाम्रो देशमा मात्र १२५ वटा बोलिने भाषाहरू छन। ती मध्ये कतिको कथ्यरुप भेटिँदैन। कतिपय भाषाहरू लोप भइसके। बोली र लेखन छैन। कतिपय भाषाका बोलीका आधार भए पनि लेख्य रुपमा विकास हुन सकेको छैन। सरकारले राष्ट्रिय भाषाको रुपमा पहिचान र विकास गर्ने भनिए पनि अहिलेसम्म आसलाग्दो काम हुन सकेको छैन। १२५ राष्ट्रिय भाषा मध्ये अहिलेसम्म कतिवटा भाषा होलान्, जुन मातृभाषाका रुपमा प्राथमिक शिक्षा दिने गरिएको होस। औँलामा गन्न पुग्ने अवस्थामा छौं। यसतर्फ ध्यान जानु नितान्त आवश्यक छ। हाम्रो देशको सन्दर्भमा नेपाली भाषाले राष्ट्रभाषाको रुपमा मान्यता पाएको छ। एघारौं शताब्दीतिर लेख्य रुपमा शुरु भएको खस भाषा नेपाली भाषाको रुपमा विकास हुँदै आएको हो। अहिले त नेपाली भाषा अन्तर्राष्‍ट्रियसम्म पुगेर प्रचारप्रसार भइरहेको छ। समयक्रममा परिमार्जन हुँदै राष्ट्रिय भाषाको सहयोगमा विकसित भएको नेपाली भाषामा अहिले भने धमिरा लाग्‍न थालेको छ। राष्ट्रिय भाषाको वहाव राष्ट्रभाषामा रुपान्तरित हुनु समय सापेक्ष मानिन्छ। तर नेपाली भाषामा अन्तर्राष्ट्रिय भाषाको अत्यधिक प्रभाव बढ्दै जानु निको होइन। नयाँ आविष्कार वा प्रविधिक कुरामा बाहिरी भाषाको प्रभाव हुनु स्वाभाविक हो। तर नयाँ प्रविधि वा रोगको उत्पतिका सबैजसो शब्दहरू जस्ताको तस्तै प्रयोग गर्दै जानु र खोजीनीति नगरी व्यवहारमा ल्याउनु ठीक होइन। सन्दर्भ विश्व महामारीको प्रचलनमा आएको कोरोना महामारीसँग सम्बन्धित व्यवहारमा आएको सबै अंग्रेजी शब्दहरू सञ्चारमाध्यमले हुबहु रातोदिन रट लगाउँदा राष्ट्र भाषाका शब्दहरू नै ओझेलमा छन्। प्रयोगमा आइरहेका अङ्ग्रेजीका अफ्ट्यारा शब्दहरू उच्चारण गर्न र बोल्दा अर्थ नलाग्ने खालका शब्दको दोहोरी गाउनु राम्रो होइन। देशका अंग्रेजीवाजको लहडमा वा मिडियाले पनि सुझो न बुझो पराइ भाषाप्रति लहसिनु ठीक होइन। हाम्रो देश नेपाल, हामी नेपाली, भाषा हाम्रो नेपाली। तरपनि हामी सात समुद्र पारिका बोलीमा ध्यान दिन्छौं। प्रयोग गर्दा जान्‍ने भै टोपल्छौँ। बेल्दा, लेख्दा, प्रसारण गर्दा ठालु पल्टेको अनुभव गर्छौं। नेपाली बोल्दै गर्दा बीचबीचमा अंग्रेजी शब्द घुसाएर आफ्नो भाषा विरूप बनाएको हेक्का राख्दैनौं।   श्रव्य-द‌ृष्यमा देखिने गाँठो परेको र गोलाकारको कोरोना, हाम्रो धतुरोको बनोटसँग मिल्दोजुल्दो छ। अत: कोरोनालाई धतुरे रोग भन्दा वा मान्दा के फरक पर्ला र? कोरोना पनि आकृतिमा देखिए जस्तो जीव त होइन होला, सृजना गरेको न हो। अतः अब हामी लेख्ने, बोल्ने र पढ्ने श्रव्यदृश्य चलाउनेले पनि कोरोनालाई धतुरे रोग भनि प्रयोगमा ल्याउँदा राम्रै हुन्छ।  वर्तमान धतुरे रोगको महामारीमा अंग्रेजी भाषाको ज्ञान नभएकाले पनि लकडाउनको रट लगाउनु कतिको सान्दर्भिक छ? बुझ्न सकिएन। अर्थ न बर्थको शब्दको साटोमा आफनो भाषाको शब्द बन्दाबन्दीको अवस्था वा बेला भन्दा अर्थ पनि खुल्छ र बोल्दा सहज पनि हुन्छ। कोरोना रोगको टाउकोदेखि पैतालासम्मका विदेशी भाषाका शब्दहरू सञ्चारमाध्यमले बढी प्रयोग गरेका कारण सर्वसाधारणलाई पनि बानी लाग्‍न थालेको छ। यसो बिचार गर्दा धतुरे विषाणुले मानिस र समाज मात्र होइन यससँगै घुसेका विदेशी शब्दले हाम्रो भाषा पनि ठहरै भएको छ। धतुरे त खोप आएपछि नियन्त्रण होला तर समाजमा घुसेका विदेशी शब्द त्यति सजिलै जाने छैनन्।   के हाम्रो भाषा त्यति गरीब छ र? जसको रुपान्तरणको रुपमा प्रयोग गर्न नसकियोस्। क्वारेन्टाइनमा बस्ने भन्दा त्यति सहज लाग्दैन र बोल्दा पनि अफ्ठ्यारो हुन्छ। त्यसको बदला प्राथमिक उपचार वा निगरानी कक्षमा भन्दा सजिलै बुझिने हुन्छ। त्यस्तै आइसोलेशन र अहिले होम आइसोलेशन भन्दा के हो के हो जस्तो लाग्छ, सट्टामा एकान्तवास वा घरमै एकान्तवास वा एकान्त थलो भन्दा हुन्छ नि! अहिले आएर हटस्पट शब्दको प्रयोग बढेर गएको छ, त्यसको ठाउँमा बढी संक्रमित क्षेत्र वा रोगको केन्द्रविन्दु ठाउँको प्रयोग गर्दा हुन्छ। संक्रमित जाती भएर फर्कदा घरफिर्ती भन्दा हुन्छ, अर्काको भाषा डिस्चार्ज किन भनिरहनु पर्‍यो?  माथिका सन्दर्भले आफ्नोलाई हेला अर्काको चाहिं खसी, बकरी एकै धोकरी भने जस्तो गोरो छाला देख्‍नासाथ जदौ भन्ने? अर्थात कोरोना रोगसँग सम्बन्धित लादिएका सबै अंग्रेजी शब्दहरू नेपालका सञ्चार माध्यमहरुले हुबहु रट लगाइरहेको अवस्था छ। यसले राष्ट्र भाषा नै अलमलमा परेको छ। यस्तै गर्दै जाने हो भने नेपाली भाषाको हरिबिजोग हुन्छ र हामी छाडा हुन थाल्छौ। अंग्रेजीका शब्दहरू सबैका लागि उच्चारण गर्न गाह्रो हुने र बोल्दा अर्थ नलाग्ने अंग्रेजी शब्दको दोहोरी लाउनु राम्रो होइन। प्रयोगमा आउने र आएका विदेशी शब्दको अर्थ पहिल्याइ हाम्रो राष्ट्र र राष्ट्रिय भाषाबाट पनि खोजबिन गर्न सकिन्छ। साथै भाषा विषयका ज्ञाताहरु समेतको सहयोगमा अनुसन्धान गरी प्राप्त उपयुक्त शब्दको चयन गरी समावेश तथा प्रसार गर्न सकिन्छ। आफनो भाषा प्रति सबैको माया रहनु जरुरी छ। यसमा सञ्चार माध्यम पनि जिम्मेवार हुनु पर्छ। यो काम गर्न त प्रज्ञा प्रतिष्ठानले गर्नुपर्ने हो, तर भाषाविद् र जानकार व्यक्तित्वभन्दा राजनीतिक रुपले भर्ना भएका दलका कार्यकर्ताको बाहुल्य हुने हुनाले त्यसको आशा गर्नुको साटो हरेक क्षेत्रले नेपालीकरण गरेर आगन्तुक शब्दलाई प्रवेश दिनेतिर ध्यान जानु जायज हुन्छ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू