Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

प्रधानमन्त्रीको परिभाषा र मान्यताको भ्रष्टाचार कस्तो हु?: नुवाकोट काँग्रेस सभापति केसी

बिहीवार, १८ भाद्र २०७७, सगरमाथा पोष्ट.
‘यो सरकारले दुनियालाई आश्चर्यचकित बनाउने खालका कामहरू गर्नेछ’ र ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्नेजस्ता ढोल–नगरा बजाउँदै बनेको ओली नेतृत्वको कम्युनिस्ट सरकारका अडाई वर्षमा अर्बौँका भ्रष्टाचार काण्ड र अपराध सतहमा देखापरेको वर्तमानमा प्रधानमन्त्रीसँगै सोध्नुपर्ने भयो, तपाईँको परिभाषा र मान्यताको भ्रष्टाचार कस्तो हुन्छ ? विकास रकम अराजक ढंगले मास्ने, जनतालाई कर बढाएर कस्ने ।
वाइडबडी विमान खरिदमा ४ अर्व ३५ करोड ५६ लाखको खुद डकैती, ३३ किलो सून गायब र त्यसको मूल नाईके सरकारी संरक्षणमै फरार भएको कुकृत्य, मेलम्ची खानेपानी सरकारी भ्रष्टाचारकै कारण अनिश्चित भविष्यतिर, जनताका डाक्टर गोविन्द केसीसँग गरिएका सम्झौता लत्याएर उनलाई मार्ने षड्यन्त्र र चिकित्सा शिक्षामा ऐन बनाएरै माफिया पोस्ने हर्कत, महँगी, बेरोजगारी, असुुरक्षा, बलात्कार तथा आपराधिक घटनालाई प्रश्रय दिने कुकृत्य, प्रधानमन्त्रीबाटै भ्रष्टाचारी, दुराचारी, माफिया, दलाल, तस्करलाई सूनपानी छर्केर चोख्याउने कुकृत्य र भाषण, भ्रष्टाचार हुन नदिने र आश्चर्यचकित बनाउने उहाँका कामको नमूना नै हुन् ! ०७६÷७७ मा मात्र करिब १९०० व्यक्तिले आत्महत्या गरे, किन ? यसका कारणबारे कहिल्यै चासो र अनुसन्धान गरियो ? केको निम्ति गर्ने !

यी घटनाहरू देखी–भोगी जान्ने नेपालीहरूका लागि ओलीले शक्ति विकेन्द्रीकरणको उल्टो केन्द्रीकरण गरी राष्ट्रिय अनुसन्धान (गुप्तचर), सम्पत्ती सुद्धीकरण राजश्व अनुसन्धान विभागहरू प्रधानमन्त्रीको हातमा ल्याउनुको नियत लाटाले पनि बुझिसक्यो । आफ्ना प्रियपात्रहरूले जत्रो र जस्तो लुट मच्चाए पनि अनदेखा गर्ने र भ्रष्टाचारीलाई चोख्याउने प्रधानमन्त्रीको गतिविधिबाट प्रधानमन्त्रीकै नियत सफा देखिएन । नेपाल ट्रस्टको सम्पत्ती व्यक्ति वा निजी कम्पनीलाई लिजमा दिने संशोधनले नारायणहिटी दरबार परिसर नै आज खतरामा परिसकेको छ भने अरु सम्पत्तीको के कुरा !

मुलुक कोरोनाको त्रासबाट भयभीत भईरहेको मौका छोपेर बेला बैशाख ८, ०७७ मा दुईटा गम्भीर र बदनाम अध्यादेश ल्याएको— १) राजनीतिक दल विभाजन गर्ने र २) संवैधानिक परिषदले बहुमतले निर्णय गर्नसक्ने भनी विपक्षी नेताको पदेन संलग्नतालाई निषेध गर्ने नियतले नै प्रष्ट भईसक्यो, कम्युनिस्ट सरकार संविधान, लोकतन्त्र र संसदलाई एकसाथ ध्वस्त गरेर हुकुमी शासन फर्काउने नियत र दाउमा छ ।

‘गुठी एकीकरण विधेयक’ ल्याएर देशभरिका ६९ जिल्लाका झन्डै साढेदुई हजार राजगुठीको मातहतमा सञ्चालित ७१७ वटा मन्दिर, ६४७ वटा पौवा वा गुठीघर, १९२ फूलबारी, १५९ वटा पोखरी, १ हजार ५७ अमानत गुठी र पाँच हजारभन्दा बढी निजी गुठीको अस्तित्व नै आफ्नो र आसेपासेको खल्तीमा हाल्न लागिएको थियो । राजधानीमा लाखौं जनताको प्रचण्ड आक्रोश सडकमा आएपछि बाध्य भएर फिर्ता लिनुपरेको हो । तर नियत भने यथावत ज्युँकात्युँ छ ।

अन्याय गर्ने जति दोषी हुन्छ, अन्याय सहनुमा पनि त्यति नै दोष छन् । जनबिरोधी सरकारको विरुद्धमा आवाज उठाउनुबाहेक अब जनतासँग के उपाय र चारा छ ! त्यसकारण, चूप लागेर अब नबसौं । उठौं, जागौं !

जय नेपाल !
 
जगदिश्वरनरसिंह केसी

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू