Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
अस्पतालमा सङ्क्रमितको चाप घट्दै हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ जेष्ठ नागरिकको सम्मानमा कस्तो थियो समृद्धिको कविता ? जसले गर्दा पाइन् उनले ८ हजार रुपैयाँ र सम्मान स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ?

नयाँ कथा संग्रह 'याम्बुनेर' लिएर आइन् विना थिङ

बिहीवार, १८ भाद्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौं : करिब एक दशकदेखि कथा र कविता लेखनमा सक्रिय साहित्यकार विना थिङको नयाँ कथा संग्रह ‘याम्बुनेर’ बुधबारदेखि बजारमा उपलब्ध भएको छ। पाठकको मागलाई सम्बोधन गर्दै निषेधाज्ञाकै बीच पनि पुस्तक बजारमा पु¥याइएको प्रकाशन संस्था फिनिक्स बुक्सले जनाएको छ।  ‘नयाँ वर्ष शुरु हुनासाथ सार्वजनिक हुने तयारीमा रहेको भए पनि कोभिड महामारीसँग जुध्न लगाइएको लकडाउनका कारण प्रकाशन रोकिएको थियो', फिनिक्स बुक्सका गणेश सुवेदीले भने, 'पाठकको माग सम्बोधन गर्दै र बजारमा राम्रा पुस्तकको अभाव नरहोस् भनेर निषेधाज्ञाका बीच पुस्तक बजारमा पु¥याइएको हो। पुस्तक पसलहरु नखुल्दासम्म अनलाइन माध्यमबाट पुस्तक उपलब्ध हुनेछ।' १३ वटा कथा रहेको संग्रहले मूलतः राज्यतहबाट ऐतिहासिक रुपमै सीमान्तमा पारिएको समुदायको कथा कहने कथाकार थिङले बताइन्। 'यो सीमान्त समुदायको दुःख, कष्ट, पीडा मात्रै होइन उनीहरुको संघर्षको पनि कथा हो', थिङले भनिन्, “यी कथामा सीमान्त समुदायमाथि भएका विभेद मात्र नभई त्यो समुदायले गरेको संघर्ष पनि अभिव्यक्त गर्ने प्रयास गरेको छु।' पुस्तकको नामकरणबारे पनि कथाकार थिङले व्याख्या गरिन्। भनिन्, “तामाङ भाषामा काठमाडौंलाई याम्बु भनिन्छ। यो याम्बुको किनारमा छ तामाङ समुदाय। उपत्यका बाहिरबाट हेर्दा त यो पनि याम्बुकै अंग जस्तो लाग्छ तर यो समुदायले नेपाल राज्य निर्माणदेखि नै आफूलाई किनारामा पाएको छ। त्यो किनारीकृत भाव सम्प्रेषण होस् भनेरै याम्बुनेर नामकरण गरिएको हो।' याम्बुको किनारमा वर्षौंदेखि राज्यबाट किनारीकृत भएर बसेको समुदायको भोगाई, समयक्रमसँगै समुदायमा आएको परिवर्तन, जीवन बोधका विभिन्न आयाम कथा संग्रहमा समेटिएको छ। मधेसमा हुर्केर उपत्यकामा घरजम गर्न आइपुगेकी कथाकारले मधेसका सीमान्त कथा पनि छुटाएकी छैनन्।  'यो कथा संग्रह म हुर्किएको र बाँचेको स्थान–समयको साक्षी बन्ने आशा राखेकी छु', थिङले भनिन्। २०६९ सालमा ‘छुकी’ कथा संग्रह र २०७२ सालमा ‘रातो घर’ कविता संग्रह प्रकाशित गरिसकेकी थिङ विभिन्न पत्रपत्रिकामा बाल सिकाई र शिक्षा सम्बन्धमा अखबारी लेखन पनि गर्छिन्। उनी २०७५ सालको बाह्रखरी कथा प्रतियोगिताकी विजेता पनि हुन्।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू