Previous Version
Thursday, Feb 25, 2021  |  बिहीवार, १३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन पाँच वर्षअघि उपभोग मिति समाप्त दाल बिक्री आज मिति २०७७ साल फागुन १३ गते विहिबार, फेवररी २५, तपाँईको आजको दिन कस्तो हुनेछ ? फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त नेपाल किराँत राई संघ केन्द्रीय समितिको तदर्थ समिति गठन, सभापतिमा धर्मराज राई महासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, कुनैपनि नयाँ प्रकारको शासन गर्ने वैद्यता नै छैन्’ ‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम सुदूरपश्चिम प्रदेश : सरकार गठनको तीन वर्ष सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार : प्रधानमन्त्री

म आँचलको बिहेमा नगएर दुश्मन बनेको छैन : पल शाह

बिहीवार, १८ भाद्र २०७७, सगरमाथा पोष्ट.
नेपाली फिल्ममा निकै कम जोडीलाई दर्शकहरुले मनपराएका छन् । त्यसमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको जोडी पर्छ । ‘आँप जोडी’ को रुपमा चिनिएका उनीहरुले ‘नाईं नभन्नू ल ४’ बाट फिल्म करिअर एकसाथ सुरु गरेका थिए । यो फिल्ममा उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाए । यसपछि उनीहरुले फिल्म ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ मा एकसाथ काम गरे ।
 
सयौं म्यूजिक भिडियोमा काम गरिसकेका पल र आँचल ‘जोनी जेन्टलम्यान’ रिलिजताका एकअर्काको प्रेममा रहेको चर्चा चल्यो । तर, उनीहरुले कहिल्यै प्रेम सम्बन्ध सार्वजनिक रुपमा स्वीकार गरेनन् । दुवैले आफूहरु मिल्ने साथी रहेको मात्र बताइरहे । दर्शकहरु भने यो जोडीलाई वास्तविक जीवनमा नै एक भएको हेर्न चाहन्थे । तर, अब यो सम्भावनामा पूर्णविराम लागेको छ । 
 
गत वर्ष आँचल बैबाहिक जीवनमा बाँधिएकी छन् । उनको रिसेप्सन पार्टीको अघिल्लो दिन पल अभिनेत्री पूजा शर्माको साथमा मुक्तिनाथ दर्शनमा निस्किएपछि पल र आँचलको सम्बन्ध विग्रिएको चर्चा चलेको थियो । तर, पलले आफूहरु अहिले पनि असल साथी रहेको बताएका छन् । एक अन्तर्वार्तामा उनले आँचललाई सुखद बैबाहिक जीवनको शुभकामना पनि दिएका छन् ।
 
आफूलाई मनपर्ने अभिनेत्रीको नाम लिँदै उनले भनेका छन्, ‘मलाई अभिनेत्रीमा निरुता सिंह, नम्रता श्रेष्ठ र आँचल शर्मा मनपर्छ ।’ उनले आँचललाई गुड ह्यूमन विइङ र राम्रो अभिनेत्री भनेका छन् । पलले आँचल र उदिपको जोडी राम्रो रहेको पनि बताएका छन् । उनी भन्छन्, ‘उहाँहरुको जोडी एकदमै सुहाएको छ । आँचल मेरो राम्रो साथी हो । उहाँको बिहे भयो, खुसी छु ।’
 
उनले आँचलको रिसेप्सन पार्टीको समयमा आफू मुक्तिनाथमा रहेका कारण सहभागी हुन नपाएकोमा माफी मागेका छन् । ‘रिसेप्सन पार्टीको निम्ता आएको थियो । तर, त्यसबेला म मुक्तिनाथमा थिएँ,’ पलले भनेका छन्, ‘बिहे/व्रतमानमा गए साथी हुने र नगए दुश्मन हुने भन्ने हुँदैन ।’ उनले भविष्यमा आँचलसँग फिल्ममा काम गर्न आफूलाई समस्या नभएको पनि बताएका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू