Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

राजा हुने रहर

सोमबार, १२ फागुन २०७६, जगत नेपाल.
प्रजातन्त्र पुनस्थापना (२०४८) पछि लगातार एक दशकसम्म  सत्ताको केन्द्रमा रहेका नेता खुमवहादुर खड्काले जीवनको अन्तिम कालखण्डमा एकपटक लेखकसँग भनेका थिए – कुनै बेला लाग्थ्यो यो देशको सर्वाधिक शक्तिशाली मान्छे कतै मै त होइन ? मैले चाहे जे पनि गर्न सक्छु भन्ने आत्मविश्वास थियो । धेरै पछिमात्र थाहा पाएँ मसँग त केही पनि रहेन छ । म जति निरीह सायद अर्को मानिस नै छैन ।

कुनै बेला खड्का सफलताको शिखरमा थिए । लाग्थ्यो नेपाली कांग्रेसको आन्तरिक राजनीति र सत्ताको उनैको हातमा छ । विसं २०५६ सालको निर्वाचनअघि तत्कालीन नेकपा (एमाले)लाई विभाजन गर्न आफूले निर्णायक भूमिका खेलेको उनी सगर्व सुनाउँथे  । विसं २०५६ सालको निर्वाचनमा संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर कांग्रेसले बहुमत हासिल ग¥यो । तर, भट्टराई नेतृत्वको सरकारलाई नौ महिनामै सत्ताच्युत गराउने कामको नेतृत्व पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले गरे । तर, त्यसलाई सफल बनाउने मुख्य सारथी भने खड्का नै थिए । 

ad
ad
त्यसपछिका दिनमा सत्ताको बागडोर सम्माल्न पुगेका कोइरालालाई घुँडा टेकाएर पार्टीका अर्का नेता शेरबहादुर देउवालाई सत्ताको शिखरमा पु¥याउनेदेखि कांग्रेस पार्टी फुटाउने काममा पनि उनकै निर्णायक भूमिका रह्यो । 

उनै शक्तिशाली खड्का आफैँ गृहमन्त्री रहँदा संसदमा पेस भएको भ्रष्टाचार निवारणसम्बन्धी ऐनअन्तर्गत पहिलो पटक जेल सजाय भोग्ने उच्च तहको नेता बन्न पुगे । सजाय भुक्तान गरेपछिका दिनमा उनको स्वास्थ्य अवस्था समेत कमजोर भइसकेको थियो । एक दिन सानेपास्थित निवासमा खड्काले लेखकलाई सुनाएका थिए – हेर्नुस्, नेपालको राजनीति नबुझ्दासम्म ठीक छ । बुझेपछि झन् झन् कठिन !  

यो आलेख देश र जनताप्रतिको उत्तरदायित्व पूरा गर्नुको साटो नेपाली नेताहरुमा के कारण शक्तिशाली हुने होड चल्छ भन्ने विषयमा केन्द्रित छ । 

भनिन्छ, सत्ता दृष्टिहीन हुन्छ । 

विसं २००७ सालभन्दा अघि राणाहरु वास्तविक शासक थिए भने शाह राजाहरु खोपीमा बन्द नामका मात्रका । राजा त्रिभुवनको पालासम्म दरबार अत्यन्त कमजोर थियो । राजाहरुमा आफैँ राजकाजसम्बन्धी निर्णय लिने क्षमता त थिएन नै थिएन मनोबलसमेत कमजोर थियो । कम्युनिस्ट नेता तुलसीलाल अमात्यले २००७ सालको क्रान्ति ताका राजा त्रिभुवनसँग नारायणहिटी दरबारभित्रै भेटेको प्रसङ्ग ‘संस्मरणका पानाहरु’ नामक पुस्तकमा उल्लेख गरेका छन् । भेटमा अमात्यले राजासँग भनेका थिए– “सरकारलाई हामी बेलायतका राजाजस्तै आदर गरेर राख्छौँ ।” प्रतिउत्तरमा राजा त्रिभुवनले साथमै रहेका आफ्ना ब्राह्मणको हात छोएर भने– “म बाहुनको हात छोएर भन्छु । सत्य सत्य, म पावरको लोभ गर्दिन ।” 

प्रजातन्त्र बहालीपछि जव तत्कालीन गृहमन्त्री बीपी कोइरालामाथि खुकुरी दलले आक्रमण गर्‍यो अनि त्यही घटनालाई आधार मानेर राणा प्रधानमन्त्रीको सुरक्षाका लागि गठन गरिएको बिजुली गारत सेना नारायणहिटी दरबार सारियो । अनि राणाबाट जनतामा सरेको अधिकार पनि नारायणहिटी दरबार तिर गयो । संविधान सभाको निर्वाचन टार्न, दलहरुलाई लडाउने खेल सुरु भयो । 

राणा–कांग्रेस संयुक्त सरकार हुँदाकै कुरा हो । मन्त्रिपरिषद्को बैठक चलिरहँदा एक दिन प्रधानमन्त्री मोहनशमशेरले भनेका थिए – “बीपी, अब म श्री ३ रहिन र तपाईँ पनि रैती रहनु भएन । हामी समान भयौँ । श्री ३ को श्रीपेचभन्दा आजको प्रधानमन्त्री हुँदा मलाई गौरव लागेको छ । आफू प्रधानमन्त्री हुँदै संविधान सभाको चुनाव गराउने इच्छा मलाई छ । मपछि तपाईं नै प्रधानमन्त्री हुने हो ।” ती दिन बीपीलाई राणाभन्दा राजामाथि विश्वास थियो । सेना र उच्च प्रशासनिक निकायमा राणाहरु नै थिए । विश्वास नभएकाले मोहनशमशेरको प्रस्तावलाई बीपीले वास्तै गरेनन् । केही दिनपछि फेरि मोहनशमशेरले भने – “हेर्नुस् बीपी, म छँदै संविधान सभाको चुनाव गराइहाल्नुस् । राजाहरुको भर नपर्नुस् ।” “मोहनशमशेरले चुनाव आफ्नो निजी सम्पत्तिबाट गराई दिन्छु भन्दासमेत बीपीले मानेनन् । वातावरण बनिसकेको छैन भनेर टारे ।” यस सन्दर्भमा गणेशमान सिंहले भनेका छन् – “प्रजातान्त्रिक शासन कालको प्रारम्भमै राणाहरुलाई हटाउने काममा ध्यान नदिएर चुनावमा मात्र केन्द्रित भएको भए हामीले संसद्को चुनाव स्वीकार्नुपर्ने थिएन ।”

प्रजातन्त्र स्थापना भएको केही वर्षपछिको कुरा हो । टुँडिखेलस्थित खरिबोटमा सहिद दिवस मनाउने कार्यक्रम थियो । मञ्चमा राजा त्रिभुवन, युवराज महेन्द्र, प्रधानमन्त्री मातृकाप्रसादसहित विशिष्ठ अतिथि थिए । सहिद परिवारका तर्फबाट धर्मभक्त माथेमाकी छोरीलाई बोल्न दिइयो । त्यति बेला दर्शक दिर्घाबाट चर्को आवाज आयो गंगालालको भाइलाई बोल्न दिनुपर्छ । अनि गंगालालका कान्छा भाई विजयलाललाई मञ्चमा बोलाइयो । भर्खरै देशमा प्रजातन्त्र आएको छ । सहिद गंगालाल र कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालका भाइ विजय पनि के कम ? युवा जोस छँदै थियो । मनमा आएको बोलिदिए । प्रश्न गरे – यही शाहतन्त्र ल्याउनका लागि हामीले राणातन्त्र खत्तम गरेको हो ? विजयलालले त्यो दिन सम्झिँदै लेखकसँग भने – म बोलिरहदा उद्घोषक खड्गमान मेरो मुख थुन्न आइपुगे । अनि दर्शकतिरबाट विजयलाई बोल्न देऊ, खड्गमान जाऊ भन्ने नारा गुञ्जिन थाल्यो । रातोे मुख लगाएर राजा त्रिभुवन र महेन्द्र मलाई हरेको हेर्यै भए ।

दरबार राणाबाट जनतामा सरेको अधिकार आफू कहाँ केन्द्रित गर्ने दाउमा थियो । यसैबीच राजा त्रिभुवन उपचारका लागि स्विजरल्यान्डमा थिए । स्वास्थ्य नाजुक हुँदै गएपछि उनले जेठा छोरा महेन्द्रलाई उतै (जुरिच) बोलाएर राजकीय अधिकार हस्तान्तरण गरे । आफ्नो हातमा राजकीय अधिकार आउनासाथ महेन्द्रले प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई अपमानजनकरुपमा बिदा गरिदिए । 

प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालयमै थिए । अचानक आफ्नो राजीनामा स्वीकृत भयो भन्ने बेहोराको पत्र दरबारबाट पाएपछि त्यसबारे मन्त्रीहरुलाई जानकारी गराएर उनी सिंहदरबारबाट बाहिरिए । उनी कुपण्डोलस्थित निवास (कान्ता भवन) पुग्दा त्यहाँको बत्ती काटिएको थियो । चहलपहल हुने प्रधानमन्त्री निवास क्षणभरमै पूरै अन्धकार भयो । 

महेन्द्र राजा भएपछि दरबारले संविधान सभाको चुनाव टार्न एकपछि अर्को सरकार बनाउने र विघटन गर्ने प्रयोग सुरु गर्‍यो । जनताले खोपीमा रहेको राजसंस्थालाई केन्द्रमा शक्तिमा पुनःस्थापित गरे । तर, महेन्द्रले भने दल र नेतालाई एकअर्काविरुद्ध जुधाएर दरबार बलियो बनाउने रणनीतिमा सम्पूर्ण शक्ति केन्द्रित गरे । अनेकौं बहानामा संविधान सभा टार्दै लगे । 

त्यति बेलाका सबै प्रमुख दलले चलाएको भद्रअवज्ञा आन्दोलन गरे । बल्लतल्ल राजा चुनावका लागि तयार त भए तर संविधान सभा हैन संसद्को । त्यो पनि दरबार, सेना र जासुसी निकायबाट कुनै दलको बहुमत आउँदैन भन्ने रिपोर्ट पाएपछि मात्र । 

विसं २००७ साल फागुन ७ गते सुरु भै ४५ दिनपछि मतगणना सकिएको त्यो चुनावमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्यायो । तर, राजाले कांग्रेसका सभापति बीपी कोइरालालाई लामो समय सरकार गठनका लागि बोलाएनन् । संसद् चुनाव भएर निर्वाचित जनप्रतिनिधिहरु राजधानीमा जम्मा भइसकेपछि पनि राजाले दरबारको सेवा सुविधा बढाए । आफू अनुकूल हुने गरी सैन्य ऐन संशोधन गरे । अनि दुई तिहाइ बहुमत प्राप्त दलका नेता बीपीलाई एक वर्षभित्र राजीनामा गर्ने सर्तमा सहमत गराएरमात्र प्रधानमन्त्रीको शपथ गराए । 

बीपी सरकारले एक वर्षको कार्यकाल पूरा गर्दै गर्दा उनीमाथि राजीनामाको दबाब बढाउन राजाको डिजाइनमै कांग्रेस संसदीय दलमा विग्रह खडा गर्ने काममात्र भएन गोर्खा, नुवाकोट, दाङलगायतका स्थानमा सरकारविरुद्ध जनता उचालेर हिंसात्मक घटना गराइए । बीपीले राजीनामा गर्दैनन् भन्ने बुझेर राजाले जननिर्वाचित संसद् र सरकार भंग गरे । तीस वर्षसम्म पञ्चायती शासन चलाए । यसबीच दरबार पञ्चविरुद्ध पञ्च भिडाउनेमा मात्र सीमित रहेन, कांग्रेस र कम्युनिस्टलाई पनि एकअर्काविरुद्ध प्रयोग गर्न सफल भयो । 

तर, जब २०४६ सालमा कांग्रेस र कम्युनिस्टहरू एकै ठाउँमा उभिए, दरबारले पञ्चायती व्यवस्थालाई सिध्याएर आफ्नो आयु लम्यायो । 

बहुदल स्थापनापछिका दिनमा पनि दरबार आफ्नो अधिकार बढाउन सक्रिय थियो नै । त्यसैले त कांग्रेस र कम्युनिस्टलाई भिडाएर आफ्नो गुमेको अधिकार पुनःस्थापित गर्ने रणनीतिमा कायमै राख्यो । अर्कोतिर नेताहरु पनि जनता हैन दरबारलाई नै खुसी बनाएर सत्तामा रमाउने सपना देख्न थाले । यो कालखण्डमा बहुदलवादी धेरै नेताहरुले लोकतान्त्रिक आचरण देखाउन सकेनन् । 

दरबारको षड्यन्त्र, नेतृत्वको अदूरदर्शिता र सुशासनको अभावका कारण माओवादी विद्रोहले मलजल पायो । हिंसा र प्रतिहिंसाको चक्र चलिरहँदा २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नाश भएपछि गद्दीमा पुगेका ज्ञानेन्द्रले दरबारको शक्ति बढाउन बाबु महेन्द्रको बाटो पछ्याउँदै आफू अनुकूल सरकार बनाउने र विघटन गर्ने अभियान नै चलाए । त्यतिबेलासम्म गरिब दुःखी जनताको अधिकारका लागि भनेर चलाइएको माओवादी विद्रोहमा १७ हजार नागरिकले ज्यान गुमाई सकेका थिए । दरबार चाहिँ दललाई माओवादी र माओवादीलाई दलको भूत देखाएर शक्ति बढाउने रणनीतिमै थियो । 

राष्ट्रिय पञ्चायतको अध्यक्षसमेत रहेका नवराज सुवेदीले २०७६ साउनमा आफ्नै निवास गौरीघाटमा लेखकलाई सुनाए – राजा ज्ञानेन्द्रको सम्पूर्ण ध्यान बाबु महेन्द्रका कदम नै महान हुन् भनेर स्थापित गर्नमै केन्द्रित थियो । सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदाको कुरा हो । एक दिन राजा ज्ञानेन्द्रले उनीसँग भनेछन् संकटकाल लगाएर म म ‘टेक ओभर’ गर्छु तिमी नै प्रधानमन्त्री भएर चलाऊ । त्यसो गरे अनर्थ हुन्छ । राजसंस्था नै नरहने अवस्था आउन सक्छ सरकार भनेर थापाले ‘कु’ हुन दिएनन् । 

त्यही घटनापछि थापाले राजीनामा गरे । अनि २०५८ असोज १८ गते आफँैले अक्षम घोषणा गरी बर्खास्त गरेका शेरवहादुर देउवालाई राजाले फेरि प्रधानमन्त्री बनाए । केही समयपछि २०६१ माघ १९ गते पुनः देउवालाई हटाएर राजाले आफ्नै अध्यक्षतामा सरकार बनाए । 

जुन दिन दल र माओवादी दुवैले आफूहरुलाई एक अर्कोविरुद्ध लडाएर दरबारले फाइदा उठाएको महसुस गरे राजतन्त्रको दिनगन्ती सुरु भयो । फलस्वरुप २०६२–२०६३ को जनआन्दोलनको बलमा विघटित प्रतिनिधि सभा पुनःस्थापना भयो । उमेरले आठ दशक नाघेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीसँगको वार्ता र शान्ति प्रक्रिया अघि बढाउने जिम्मेवारीका साथ पार्टीमा कनिष्ट मानिएका कृष्ण सिटौलालाई गृहमन्त्रीको जिम्मेवारी दिए । त्यति बेला कोइरालाले सिटौलासँग भनेका थिए– सिटौलाजी मैले तपाइँलाई मन्त्रिपरिषद्मा प्रधानमन्त्रीपछिको शक्तिशाली विभागीय जिम्मा दिएको छु । तपाईमा असीमित अधिकार छ । तर होस् गर्नुहोला जति कम अधिकार प्रयोग गर्नुहुन्छ त्यति नै तपाइँ सफल हुनुहुनेछ ।

त्यही सरकारले संसद्मार्फत राजाका अधिकार कटौती गर्दै मुलुकलाई गणतन्त्रका लागि मार्गचित्र बनाउने काम गर्‍यो । अनि मुलुकमा पहिलोपटक निर्वाचित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते २३८ वर्ष लामो राजसंस्थालाई विनारक्तपात औपचारिकरुपमा बिदाइ गरिदियो । गणतन्त्रपछिको एक दशकले देखाएको छ सर्वहाराको वकालत गर्नेहरु नै नया“ अवतारका राजाका रुपमा देखापरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू