Previous Version
Thursday, Feb 25, 2021  |  बिहीवार, १३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन पाँच वर्षअघि उपभोग मिति समाप्त दाल बिक्री आज मिति २०७७ साल फागुन १३ गते विहिबार, फेवररी २५, तपाँईको आजको दिन कस्तो हुनेछ ? फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त नेपाल किराँत राई संघ केन्द्रीय समितिको तदर्थ समिति गठन, सभापतिमा धर्मराज राई महासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, कुनैपनि नयाँ प्रकारको शासन गर्ने वैद्यता नै छैन्’ ‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम सुदूरपश्चिम प्रदेश : सरकार गठनको तीन वर्ष सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार : प्रधानमन्त्री

मिस मुस्ताङ प्रतियोगितामा सहभागी ८ प्रतियोगीलाई पछि पार्दै अपेक्षाले ताज पहिरिइन्

नृत्य र निबन्ध लेखनमा रुचि भएकी अपेक्षाले मुस्ताङको पर्यटकीय र कृषि क्षेत्रको सम्भावनाको प्रचारप्रसारमा सक्रिय हुने प्रतिक्रिया दिइन्

सोमबार, ८ असोज २०७५, सगरमाथा पोष्ट

मुस्ताङ, ८ असोज

थासाङ गाउँपालिका–१ टुकुचेकी अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् । 

थाक खेलकूद तथा सांस्कृतिक विकास सङ्घले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगीलाई पछि पार्दै योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षीया अपेक्षाले आइतबार ताज पहिरिएकी हुन् । 

भविष्यमा अभिनय र भलिबल खेलाडी बन्ने योजना बनाएकी अपेक्षाले मिस मुस्ताङको ताजसहित प्रमाणपत्र र ट्रफीसहित नगद रु दश हजार पुरस्कार प्राप्त गरेकी छिन् । नृत्य र निबन्ध लेखनमा रुचि भएकी अपेक्षाले मुस्ताङको पर्यटकीय र कृषि क्षेत्रको सम्भावनाको प्रचारप्रसारमा सक्रिय हुने प्रतिक्रिया दिइन् । 

लेतेकी सोनिया गर्बुजा फस्ट रनरअप र जोमसोमकी श्वेता बानिया सेकेण्ड रनरअप भएका थिए भने ट्यालेन्ट गल्र्सको उपाधि मार्फाकी सञ्जु जुहारचनले जितिन् । चार दिनसम्म मार्फामा सञ्चालन भएको ४८औ थाक खेलकूद तथा सांस्कृतिक प्रतियोगिता आइतबार सकिएको छ । 

प्रतियोगिताको अधिकांश उपाधिमा निर्मल स्पोटिङ स्पोटर््स क्लब लेतेले वर्चश्व जमाएको छ । पुरुष भलिबल र आर्चरीमा प्रथम भएको लेतेले महिला भलिबलमा दोस्रो भयो । पुरुष भलिबलमा सिस्स सोल्टी युवा क्लब घाँसा द्वितीय, महिला भलिबलमा धवलागिरि युवा क्लब कोवाङ प्रथम र आर्चरीमा नीलगिरि युवा क्लब टुकुचे उपविजेता भएका छन् । 

पुरुष, महिला र आर्चरी प्रतियोगिताको विजेता र उपविजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमशः नगद ४० हजार, २५-२५ हजार, १५-१५ हजार र रु १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । 

सङ्घका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचन, प्रजिअ शिशिर पौडेल, स्थानीय तहका जनप्रतिनिधिले पुरस्कार वितरण गरेका कोषाध्यक्ष शर्मिला गुरुङले जानकारी दिए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू