Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

माल्दीभ्समा आज बिहानैदेखि देशव्यापीरुपमा राष्ट्रपतिको चयनका लागि मतदान सुरु

मतदानका लागि हजारौं मतदाता बिहानैदेखि विभिन्न मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा लामबद्ध देखिएको माल्दीभ्सको निर्वाचन आयोगद्वारा जानकारी

आईतवार, ७ असोज २०७५, सगरमाथा पोष्ट

माले, ७ असोज  

माल्दीभ्समा राष्ट्रपति चयनका लागि आइतबार बिहानैदेखि देशव्यापी मतदान शुरु भएको छ । मतदानका लागि हजारौं मतदाता बिहानैदेखि विभिन्न मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा लामबद्ध देखिएको माल्दीभ्सको निर्वाचन आयोगले जनाएको छ । 

माल्दीभ्समा यस पटक दुई लाख ६२ हजार १३५ जना मतदाता रहेका छन् । द्वीप समूहले बनेको माल्दीभ्समा चुनावका लागि देशभर ४७२ वटा मतदान केन्द्र रहेका छन् । 

मतदानको प्रारम्भिक नतिजा सोमबार बिहान प्राप्त हुने र असोज १४ गतेसम्ममा अन्तिम परिणाम घोषणा हुने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

विवादको घेरामा रहेको यस पटकको राष्ट्रपतीय चुनावमा मतदानको पूर्वसन्ध्यामा विपक्षी दलको प्रचार कार्यालयमा प्रहरीले छापा मारेको बताइएको छ ।

राष्ट्रपति अब्दुल्ला यामीन र उहाँका प्रतिस्पर्धी इब्राहिम मोहमद सोलिहले राजधानी मालेमा मतदान गर्ने कार्यक्रम रहेको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू