Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दीको जीवनशैली, त्रिपालको छानो बनाएर सुत्छन् !

खानेपानी र शौचालयमा जानका लागिसमेत कैदीबन्दीले पालो पखर्नुपर्ने अवस्था रहेको छ

बिहीवार, ४ असोज २०७५, सगरमाथा पोष्ट

कञ्चनपुर, ४ असोज

वर्षौं पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दी त्रिपालको छाना बनाएर बस्न बाध्य भएका छन् । पुराना भवन मर्मत सम्भारको कार्य नहुँदा छानाबाट पानी चुहिने भएकाले त्रिपाल राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् । 

भवनमा वर्षौं पहिले लगाइएका इँटासमेत खिइएर झर्न थालेका छन् । पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीले बताएका छन् । आर्थिक अभावले कारागारका जीर्ण भवनमर्मत सम्भारको कार्य हुन नसकेको कारागारका प्रमुख श्यामराज भट्टले बताए । 

भवन निकै पुराना भएकाले छत चुहिन्छ उनले भने, “फर्स तलबाटसमेत पानी आउने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।” “उत्तर पूर्वतर्फको बुर्जाघरमा चट्याङ परेर भत्केको धेरै भयो । मर्मत गर्ने पैसा नहुँदा त्यतिकै रहेको छ । महिला कैदीबन्दी बस्दै आएको भवनको भान्सा घरको छानासमेत खस्ने अवस्थामा छ” उनले भने । 

कारागार विभागबाट थोरै बजेट आउँदा कैदीबन्दीको स्वास्थ्योपचार र खाना खर्चका लागिसमेत सो रकमले नपुग्दा अन्य मर्मत सम्भार र निर्माणका कार्य हुन नसकेको उनको भनाइ छ । 

कारागारमा पुरुष कैदीबन्दी ७५ र महिला कैदीबन्दी २० गरी ९५ जना राख्ने क्षमता रहेकोमा अहिले कारागारमा पुरुष कैदीबन्दी २७७ र महिला कैदीबन्दी १८ गरी २९५ कैदीबन्दी राखिएका छन् । कैदीबन्दीलाई सुत्नका लागि व्यवस्था नहुँदा ग्यालरी र टिनसेटमा सुत्ने गरेका छन् । 

खानेपानी र शौचालयमा जानका लागिसमेत कैदीबन्दीले पालो पखर्नुपर्ने अवस्था रहेको छ । कैदीबन्दी भन्छन्, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । सहजरुपमा बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गरिनुपर्छ ।” कैद मुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने कैदीबन्दीको भनाइ छ । विसं २०३२ मा स्थापना भएको कारागार पाँच बिगाहा क्षेत्रफलमा फैलिएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू