Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै विमानस्थलको स्तरोन्नति हुँदै

नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको जानकारी

बिहीवार, ४ असोज २०७५, सगरमाथा पोष्ट

नेपालगञ्ज, ४ असोज 

नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ ।

नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक ‘टर्मिनल’, ठूला जहाजका लागि पश्चिममा ३०० र पूर्वतिर २०० मिटर धावनमार्ग बनाउने तयारी भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिए । 

विमानस्थल स्तरोन्नतिका लागि ढाँचा बनाउने काम भइरहेको छ । दुई महिनामा यो काम सकिएपछि बोलपत्र प्रक्रिया अघि बढ्ने निर्देशक ठाकुरले जानकारी दिए । यसैगरी, विमानस्थल क्षेत्रमा नेपाली सेनाले सञ्चालन गर्दै आएको खाजा घर समेत खाली गराइएको छ । त्यहाँ प्रतिक्षालय कक्ष र व्यवस्थित खाजाघर बनाउने निर्देशक ठाकुरले जानकारी दिए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू