Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

राप्ती लोकमार्गअन्तर्गत अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाईने

दैनिक एक सयभन्दा बढी ठूला सवारी आवातजावत हुने गरेको उक्त सडक खण्ड दुईतर्फी बनाउन शुरु भएसँगै केही समय सवारी आवागनमा समेत बन्द गरिएको छ

बुद्धबार, ३ असोज २०७५, सगरमाथा पोष्ट

लमही, ३ असोज

राप्ती लोकमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाउने काम शुरु भएको छ । रुकुम, सल्यान, रोल्पा, दाङलगायतबाट नेपालगञ्ज, बुटवल, काठमाडाँैं जानलाई त्यही सडक प्रयोग हुने भएपनि सडक साँघुरो हुँदा आवतजावतमा समस्या हुने गरेको छ । 

पछिल्लो समय भित्रिएका ठूला गाडी आवतजावतमा समस्या भएकाले सडकलाई दुईतर्फी बनाउन लागिएको डिभिजन सडक कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले बताए । सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै चारतर्फी बनाउन लागिएको उनले बताए । 

दैनिक एक सयभन्दा बढी ठूला सवारी आवातजावत हुने गरेको उक्त सडक खण्ड दुईतर्फी बनाउन शुरु भएसँगै केही समय सवारी आवागनमा समेत बन्द गरिएको छ । सूचना अधिकारी गौतमका अनुसार मङ्गलबार बिहान ७ बजेदेखि ११ बजे, मध्यान्ह १२ बजेदेखि ४ र बेलुका ६ देखि ९ बजेसम्म सवारी आवतजावतमा रोक लगाइएको छ । 

अमिलिया–तुलसीपुर सडकखण्डको दुई किलोमिटर उत्तरदेखि सात किलोमिटरसम्म दुईतर्फी सवारी चल्ने छ । केएस कन्ट्रक्सनले २०७६ पुस मसान्तसम्म पूरा गर्ने गरी दुईतर्फी सडक बनाउन रु १३ करोड बजेट विनियोजन गरिएको सूचना अधिकारी गौतमले बताए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू