Previous Version
Tuesday, Mar 02, 2021  |  मंगलवार, १८ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली धवलागिरिमा किशोरी सम्मेलन सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल मङ्गलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने पेट्रोलियम पदार्थको मूल्य बढ्यो राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद आज मिति २०७७ साल फागुन १८ गते मंगलबार, मार्च २, तपाँईको आजको दिन कस्तो हुनेछ ? पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड ऋषि धमलासँग प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ÷संस्थाद्धारा क्लबमा पत्रकार सम्मेलनको आयोजना राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते प्रधानमन्त्री ओली पोखरामा

‘संविधानलाई नागरिकको जीवनशैली र पद्दतिका रुपमा स्थापित गर्नुपर्ने’

प्रभातफेरीमा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने विभिन्न समूहलाई प्रदेश प्रमुख झा र मुख्यमन्त्री पोखरेल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान

बुद्धबार, ३ असोज २०७५, सगरमाथा पोष्ट

बुटवल, ३ असोज

मुख्यमन्त्री शङ्कर पोखरेलले जनता र राष्ट्रका परिवर्तित आकाङ्क्षालाई पूरा गर्न सकिने बलियो संविधानवादको आधारसमेत तयार भएको बताएका छन् । 

चौथो संविधान दिवस २०७५ का अवसरमा बुधबार प्रदेश सरकारको आयोजनामा बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले संविधानलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनशैली र पद्दतिका रुपमा स्थापित गर्नु आवश्यक रहेको समेत बताए । 

मुख्यमन्त्री पोखरेलले मौलिक अधिकार र नागरिक अधिकारका दृष्टिले विश्वस्तरमै समृद्ध नेपालको संविधान बन्न पुगेको भन्दै लैङ्गिक समावेशीताका दृष्टिले पनि हाम्रो संविधान समृद्ध बन्न पुगेको बताए । उनले भने, “हामी हाम्रो प्रदेशको विकास र समृद्धिको बाटोबाट सङ्घीय सरकारको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न कृत्सङ्कल्पित छौँ ।” 

यसअघि बुटवलस्थित मुख्यमन्त्री कार्यालय परिसरबाट बिहान संविधान दिवसका अवसरमा विभिन्न जातीय, वेषभूषा र संस्कृति झल्काउने झाँकीसहित प्रभातफेरी निकालिएको थियो । 

कार्यक्रममा प्रभातफेरीमा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने विभिन्न समूहलाई प्रदेश प्रमुख झा र मुख्यमन्त्री पोखरेल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए । बुटवल वडा नं ५ को सत्य साइ केन्द्रको झाँकी प्रथम, बुटवल–२ स्थित नेवा पुंचः द्धितीय, बुटवल १७ स्थित थारु समुदायको झुमरा नाच तृतीय र शान्ति टोल विकास समिति बुटवल–८ लाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू