Previous Version
Friday, Mar 05, 2021  |  शुक्रबार, २१ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली धवलागिरिमा किशोरी सम्मेलन सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल मङ्गलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने पेट्रोलियम पदार्थको मूल्य बढ्यो राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद आज मिति २०७७ साल फागुन १८ गते मंगलबार, मार्च २, तपाँईको आजको दिन कस्तो हुनेछ ? पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड ऋषि धमलासँग प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ÷संस्थाद्धारा क्लबमा पत्रकार सम्मेलनको आयोजना राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते प्रधानमन्त्री ओली पोखरामा

सडकमा पैदलयात्रुका लागि बनाइएका ‘जेब्राक्रसिङ’को सङ्केत मेटिएपछि वारपार गर्न कठिनाइ

सङ्केत मेटिएपछि जेब्राक्रसिङमा चालकले सवारीसाधनको गति तीव्र पार्ने गरेका कारण यात्रुलाई बाटो काट्न कठिन हुने गरेको छ

मंगलवार, २ असोज २०७५, सगरमाथा पोष्ट

बाँके, २ असोज 

जिल्लाका अधिकांश सडकमा वारपार गर्न पैदलयात्रुलाई कठिनाइ हुने गरेको छ । 

सडकमा पैदलयात्रुका लागि बनाइएका ‘जेब्राक्रसिङ’को सङ्केत मेटिएपछि समस्या भएको हो । सङ्केत मेटिएपछि जेब्राक्रसिङमा चालकले सवारीसाधनको गति तीव्र पार्ने गरेका कारण यात्रुलाई बाटो काट्न कठिन हुने गरेको छ । 

नियमानुसार जेब्राक्रसिङ्मा पैदलयात्रुलाई प्राथमिकता दिनुपर्छ । चालकले त्यसको ख्याल कमै गर्ने गरेको पाइएको छ । 

“चालकले रोक्नु त परै जाओस् अत्यधिक गतिमा सवारीसाधन हाँक्ने गरेको गुनासो पैदलयात्रुले गर्ने गरेका छन्,” बाँकेका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले भने, “चालकले पैदलयात्रुलाई प्राथमिकता नदिँदा दुर्घटना हुने गरेको पाइएको छ ।” चालकले जेब्राक्रसिङ्को नियम मिच्ने गरेका छन् । जेब्राक्रसिङमा गति कम नगर्ने चालकलाई कारबाही गरिने प्रहरी निरीक्षक रोकायाले बताए । 

“जनशक्ति पर्याप्त नहुँदा सबैतिर हेर्न सकिएको छैन,” उनले भने । नेपालगञ्ज र कोहलपुरका सडकमा बत्ती जडान हुन नसक्दासमेत समस्या भएको छ । हातको इसाराकै भरमा सवारीसाधनको व्यवस्थापन गर्नुपर्ने अवस्था छ । कतिपय पैदलयात्रुले सडक पार गर्न जेब्राक्रसिङको प्रयोग गर्न ध्यान नदिएको पाइएको छ । “कतिपय पैदलयात्रुले जेब्राक्रसिङबारे ध्यान दिँदैनन्, जता पायो उतैबाट सडक पार गर्छन्,” रोकाया भने । 

सवारीसाधन र पैदलयात्रुको सङ्ख्या वृद्धि भएपछि समस्या झनझन बढ्दै गएको छ । यस्तो अवस्थामा पूर्वाधारसहितका व्यवस्थित जेब्राक्रसिङ आवश्यक छ । पैदलयात्रुलाई ट्राफिक नियमबारे अवगत गराउनु आवश्यक भएको प्रहरी निरीक्षक रोकाया बताए । ट्राफिक प्रहरीले सिठ्ठी बजाएर मात्रै ट्राफिक व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाइ छ । जिल्लामा हाल ६३ ट्राफिक प्रहरी कार्यरत छन् । तेइस जना दरबन्दीमा कार्यरत छन् भने अन्य काजमा काम गर्दैआएका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू