Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

विश्वकर्माको विधिपूर्वक पूजा, मङ्गलबारदेखि मूर्ति सेलाइने

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि बाबा विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास

सोमबार, १ असोज २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, १ असोज 

कालीगढहरुले विधिपूर्वक विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् । 

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि बाबा विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो । 

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । 

यही सम्झनामा नेपालका कालीगढहरुले कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन सोमबार भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गरे । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास छ । 

आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा समेत मनाएका छन् । कालीगढले बनाएको विश्वकर्माको मूर्ति मङ्गलबारदेखि पवित्र नदीमा सेलाइन्छ । विश्वकर्माको मूर्ति निर्माण गरेर पूजा गर्ने प्रचलन छ । मूर्ति सेलाउँदला कालीगढहरुले भक्ति सङ्गीतका साथ रमाइलो गर्ने गर्छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू