Previous Version
Tuesday, Mar 02, 2021  |  मंगलवार, १८ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल मङ्गलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने पेट्रोलियम पदार्थको मूल्य बढ्यो राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद आज मिति २०७७ साल फागुन १८ गते मंगलबार, मार्च २, तपाँईको आजको दिन कस्तो हुनेछ ? पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड ऋषि धमलासँग प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ÷संस्थाद्धारा क्लबमा पत्रकार सम्मेलनको आयोजना राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते प्रधानमन्त्री ओली पोखरामा उद्धार हुन सकेन घाइते पत्रकारको विसं २०७८ मा तीन दशैँ पहेँलो धातुको मूूल्यमा ४०० वृद्धि प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

प्यूठानको पहिचान बोकेको बाघमुखे चुलेसी संरक्षण गर्न नसक्दा लोप हुँदै ...

चुलेसी मात्र होइन यससँगै परम्परागत महत्व बोकेका सामग्री लोप भएका छन्

सोमबार, १ असोज २०७५, सगरमाथा पोष्ट

प्यूठान, १ असोज

प्यूठानको पहिचान बोकेको बाघमुखे चुलेसी यतिबेला लोपोन्मुख अवस्थामा पुगेको छ । 

आन्तरिक तथा बाह्य पर्यटकले प्यूठान आएपछि स्वागत, बिदाइ र मायाको चिनोका रुपमा प्रयोग हुँदै आएको यसको संरक्षण गर्न नसक्दा यो हराउने अवस्थामा पुगेको हो । 

मल्लरानी– ४ बुडाचौर निवासी ८४ वर्षीय केदार सिं विश्वकर्मा बाघमुखे चुलेसी बनाउने प्रमुख व्यक्ति हुन् । उनी चार महिनादेखि लगातार बिरामी भएपछि निर्माण कार्य पूर्णरुपमा बन्द भएको छ । समयमै उनको सीप अन्य व्यक्तिलाई नसिकाउने हो भने उनीसँगै जिल्लाको पहिचान गुम्ने खतरामा छ । 

“ अचेलका मानिस व्यवसाय सञ्चालन गर्न सीप सिक काम लाग्छ भन्दा सिक्न खोज्दैनन्,” उनी भन्छन् । एउटा चुलेसी बनाउन करीब ६ सय लाग्छ । त्यसरी बनाएको चुलेसी करीब एक हजार ६०० मा विक्री गर्न सकिने स्थानीय केदार सिं विश्वकर्माको भनाई छ । 

पित्तल पगाल्न चाहिने काठका ठुटा सामुदायिक वनमा पाउन मुस्किल हुने र बलको काम बढी हुने भएकाले परम्परागत काम गर्ने जाँगर युवामा नभएको उनको गुनासो छ । “विश्वकर्माभन्दा पहिला सीप जानेका अग्रज नभएकाले यो सीप हस्तान्तरण गर्न गाह्रो भएको छ”, स्थानीय टुकबहादुर विश्वकर्मा बताउछन् । 


प्यूठान उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञामुराम न्यौपानेले चुलेसीले जिल्लाको ऐतिहासिकताका साथै पर्यटकीय महत्व बढाएपनि नयाँ पिंढीले परम्परागत पेशालाई आधुनिकीकरण गर्नेतर्फ ध्यान दिन नसको गुनासो गर्छन् । उनले स्थानीय सरोकारवालासँग सहकार्य गरी यसको प्रवद्र्धनमा जोड दिइने बताए । चुलेसी मात्र होइन यससँगै परम्परागत महत्व बोकेका सामग्री लोप भएका छन् । “बाघमुखे चुलेसीको जगेर्नामा हामी लाग्छौ”, मल्लरानी गाउँपालिकाका अध्यक्ष अम्मरध्वज राना बताउछन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू