Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

बढ्दै गएको महङ्गीका कारण जात्रा पर्व संरक्षणमा चुनौती

वक्ताले पछिल्लो समय भइरहेको मूल्य वृद्धिले जात्रा पर्वको निरन्तरता दिन कठिनाइ भइरहेकामा चिन्ता व्यक्त

शनिबार, ३० भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ३० भदौ 

बढ्दै गएको महङ्गीका कारण काठमाडौँ उपत्यकामा परापूर्वकालदेखि सञ्चालनमा रहेका विभिन्न जात्रा पर्व संरक्षणमा चुनौती देखिएको छ । 

मजिपा लाखे व्यवस्थापन समितिले शनिबार यहाँ आयोजना गरेको जात्रा पर्व संरक्षणसम्बन्धी अन्तक्र्रियाका वक्ताले पछिल्लो समय भइरहेको मूल्य वृद्धिले जात्रा पर्वको निरन्तरता दिन कठिनाइ भइरहेकामा चिन्ता व्यक्त गरेका हुँ । 

प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले प्राचीन समयदेखि हाम्रा पूर्वजले निर्माण गरेका विभिन्न कला तथा संस्कृतिले नेपाली सभ्यताको विशिष्ट पहिचान बनाएको बताउँदै इन्द्रजात्रा, लाखेनाच, कुमारी, गणेश भैरव लगायतका परम्पराले नेपाली मौलिकतासँग जोडिएको हुँदा संरक्षणका लागि सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । 

गुठी संस्थानका सदस्य रामशरण डङ्गोलले जात्रा पर्वको संरक्षण गरी तीनलाई निरन्तर सञ्चालन गर्न स्थापना भएको गुठीका अधिकांश जमीन अहिले रैकरमा परीणत भई आम्दानीका स्रोत घट्दै गएकाले पनि समस्या आएको बताउँदै दीर्घकालीनरुपमा मौलिक संस्कृतिलाई बचाउन जनताको भावनाअनुसार सरकारले सहयोग बढाउँदै लैजानुपर्ने बताए ।

संस्कृति संरक्षणका लागि अभियन्ता तथा समाजसेवी डिल्लीरत्न तुलाधरले जात्रा पर्वको इतिहास तथा महत्वलाई जनस्तरमा बुझाउन सकेमा स्थानीय जनताबाट पनि सहयोग सङ्कलन गर्न सकिने विचार व्यक्त गर्दै संस्कृति जगेर्नाका लागि आफूले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू