Previous Version
Monday, May 17, 2021  |  सोमबार, ३ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
‘सङ्क्रमण घट्न सकेन ’ भन्सार जाँचपासलाई छरितो बनाउन अर्थमन्त्रीको निर्देशन अरब सागरको चक्रवातबाट मौसममा बदली शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै शपथ बदरको माग गर्दै चार रिट अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल सङ्क्रमण दर आधाभन्दा बढीमा थपिएको निषेधाज्ञा आजदेखि लागू कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि मदन–आश्रित स्मृतिः जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

गुणात्मक राजनीतिक कार्यकर्ताका लागि ‘सङ्घर्षको इतिहास’ बजारमा

नेकपाका केन्द्रीय सदस्य एवं अनेरास्ववियू (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेद्वारा लिखित ‘सङ्घर्षको इतिहास’

बिहीवार, २८ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २८ भदौ 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं अनेरास्ववियू (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेद्वारा लिखित ‘सङ्घर्षको इतिहास’ बजारमा आएको छ ।

न्यौपानेले यसअघि प्रकाशन गरेका अखिल ज्ञानः भाग–२ का रुपमा उक्त पुस्तक प्रकाशनमा आएको हो । पुस्तकमा विश्व कम्युनिष्ट आन्दोलन र नेपाल कम्युनिष्ट आन्दोलनका विभिन्न पक्ष र पाटोलाई लिपिबद्ध गरिएको छ ।

त्यस्तै तत्कालीन नेकपा (माओवादी)ले वर्गीय मुक्तिका लागि शुरु गरेका दशवर्षे जनयुद्धको समयका प्रमुख घटना विवरणलाई बुँदागत रुपमा समेटिएको छ । पुस्तकमा जनयुद्धको परिकल्पना, उठान र विकास तथा वैठानका विषयवस्तु वैचारिक, योजनागत र फौजी हमलाका दृष्टिकोणबाट पाठकले बुझ्न सक्नेछन् । राजनीतिमा लागेका तर भिन्न विचार बोकेका कार्यकर्ताले समेत पुस्तकको अध्ययनबाट ज्ञान हासिल गर्न सक्ने लेखक न्यौपानेले बताए ।

पुस्तकलाई समाजवाद, राजीतिक अर्थशास्त्र, दर्शनशास्त्र र नेपाली विद्यार्थी आन्दोलन गरी चार भागमा विभक्त गरिएको छ । पुस्तकमा काल्पनिक समाजवाद, वैज्ञानिक समाजवाद, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विभिन्न देशका कम्युनिष्ट आन्दोलनहरु, नेपाली कम्युनिष्ट आन्दोलन, नेपाली जनयुद्ध, चुनावमा कम्युनिष्टहरु, एमाले र माओवादी एकता, नेता, नेतृत्व र कार्यकर्ता, राष्ट्रियता, नेपालको जनसङ्ख्या, नेपालको सिमाना, नेहरु सिद्धान्त, इतिहास, शक्ति, षडयन्त्र र हत्या तथा राज्यविरुद्धका विद्रोहका बारेमा व्याख्या गरिएको छ ।

यसैगरी दर्शनको उत्पत्ति र विकास, दर्शनशास्त्रका दुई विश्वदृष्टिकोण, दर्शनशास्त्रको आधारमूत प्रश्न, मार्सवादी दर्शन, द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त र ऐतिहासिक भौतिकवाद एवं विद्यार्थी आन्दोनमा देखिएको विभिन्न धारको पनि चर्चा गरिएको छ ।

लेखक न्यौपानेले युद्धकालमा भूमिगत कार्यकर्तालाई लक्षित गरेर प्रकाशन गरिएको ‘अखिल ज्ञान’ नामको पुस्तक अत्यधिकरुपमा रुचाइएको र अर्को भाग प्रकाशन गर्न आग्रह भएपछि पुस्तक प्रकाशन गरिएको बताए ।

उनले पसिना बगाएर राम्रो हुने र पसिना नबगाई राम्रो खोज्ने पङ्क्तिबीच सङ्घर्षमा केन्द्रित रहेर सङ्घर्षको इतिहास सार्वजनिक भएको बताए । राजनीतिक आन्दोलनमा लाग्ने आधारभूत र मध्ययम तहका कार्यकर्ताका लागि लक्षित गरेर पुस्तक तयार गरिएको उनको भनाइ छ । उनले भने, “सङ्गठन कसरी गर्ने, जनताकाबीचमा पार्टीलाई कसरी लैजाने, सङ्घर्षका विभिन्न तरेली पार गरेर समाज विकास कसरी एकपछि अर्को चरणमा प्रवेश गर्छ भन्ने विषयलाई पुस्तकमा समेटिएको छ ।”

पुस्तक कम्युनिष्ट पार्टीको स्कूलिङको पाठ्यक्रमलाई आधार मानेर लेखिएको सन्दर्भ पुस्तकका रुपमा आएको उनको भनाइ छ । पुस्तकमा माक्र्सवादका तीन सङ्गठक अङ्ग दशर्न, अर्थशास्त्र र समाजवादका विषयलाई सेमटिएको छ । आधारभूत र मध्यम स्तरका कार्यकर्तालाई दर्शन भन्दा समाजवाद बढी आवश्यक हुने भएकाले पुस्तकमा समाजवादको पक्षलाई विस्तृत व्याख्या गरिएको उनले बताए ।

सिद्धान्तलाई व्यवहारमा खोज्ने र निष्ठाको बाटो रोज्ने योद्धाका रुपमा परिचित न्यौपानेको यो दशौँ कृति हो । खरो लेखनलाई नियमित धर्म बनाउनुभएका न्यौपानेका ‘प्रतिबन्धित कलम’, ‘शैक्षिक हड्ताल’, अखिल ज्ञान’, ‘तिमी अमर भयौ’, ‘शिक्षा र राजनीति’, ‘चिठ्ठीमा जनयुद्ध’, ‘विद्यार्थी आन्दोलनमा बाइस वर्ष’, ‘शिक्षामा पुनसंरचनाको बहस’ र ‘कोमामा कोरस’ पुस्तक प्रकाशित भइसकेका छन् ।

कूल ४०२ पृष्ठको उक्त पुस्तकको बिहिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमोजन गरेका हुन् । अनेरास्ववियू (क्रान्तिकारी)ले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु ४९९ रहेको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू