Previous Version
Tuesday, Mar 02, 2021  |  मंगलवार, १८ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल मङ्गलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने पेट्रोलियम पदार्थको मूल्य बढ्यो राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद आज मिति २०७७ साल फागुन १८ गते मंगलबार, मार्च २, तपाँईको आजको दिन कस्तो हुनेछ ? पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड ऋषि धमलासँग प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ÷संस्थाद्धारा क्लबमा पत्रकार सम्मेलनको आयोजना राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते प्रधानमन्त्री ओली पोखरामा उद्धार हुन सकेन घाइते पत्रकारको विसं २०७८ मा तीन दशैँ पहेँलो धातुको मूूल्यमा ४०० वृद्धि प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

पर्याप्त आम्दानी लिन सकिने भएपछि पर्वतका किसान माछापालनतर्फ आकर्षित

ट्राउट माछा खरिद गर्न व्यापारी मोदी गाउँपालिका–२ देउपुरको पातीखोलास्थित ‘रेन्बो ट्राउट माछा फार्म’मै पुग्छन्

बिहीवार, २८ भाद्र २०७५, सगरमाथा पोष्ट

पर्वत, २८ भदौ

यहाँका किसान माछापालनतर्फ आकर्षित भएका छन् । पर्याप्त आम्दानी लिन सकिने भएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् । 

मोदी गाउँपालिका–२ का वडाध्यक्ष विकास तिमिल्सिना र बागलुङको धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक यामप्रसाद शर्माले माछा बिक्रीबाट एउटै याममा रु ६० लाख आम्दानी गरेका छन् । उनीहरुले सञ्चालन गरेको फार्ममा उत्पादित माछा पोखरा तथा काठमाडौँसम्म बिक्री हुने गरेको छ । सो फार्मको कारोवार बढेपछि अन्य किसानसमेत माछापालनतर्फ आकर्षित भएका छन् । 

ट्राउट माछा खरिद गर्न व्यापारी मोदी गाउँपालिका–२ देउपुरको पातीखोलास्थित ‘रेन्बो ट्राउट माछा फार्म’मै पुग्छन् । सो फार्मले एउटै याममा ६ टन माछा बिक्री गरेको छ । ट्राउट माछाको माग अत्यधिक छ । ट्राउट माछा प्रतिकिलो रु एक हजारदेखि रु एक हजार २०० सम्ममा बिक्री भइरहेको छ । शर्माले पाँच वर्षदेखि सो फार्म सञ्चालन गर्दै आएका छन् । दुई वर्षअघि बाढीले माछापोखरी बगाएपछि संरचना पुनःनिर्मण गरिएको हो । 

शर्मा र तिमिल्सिनाले उक्त फार्मबाट पहिलो वर्ष रु पाँच लाख आम्दानी गरे। फार्मसम्म सडक सुविधा नहुँदा पोखरीको माछा बिक्रीका लागि बजारसम्म पुर्याउन समस्या हुने गरेको छ । पातीखोला नजीकैको अम्बोटमा स्थानीयवासी लालबहादुर हरिजनले ६ वर्षदेखि नमूना व्यावसायिक फार्म सञ्चालन गरेका छन् । पोखराबाट माछाको माग अत्यधिक आउने गरेको छ । गत साता ६ क्विन्टल माछा पोखरा लगेर बिक्री गरेको उनले बताए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू