Previous Version
Tuesday, Mar 02, 2021  |  मंगलवार, १८ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल मङ्गलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने पेट्रोलियम पदार्थको मूल्य बढ्यो राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद आज मिति २०७७ साल फागुन १८ गते मंगलबार, मार्च २, तपाँईको आजको दिन कस्तो हुनेछ ? पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड ऋषि धमलासँग प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ÷संस्थाद्धारा क्लबमा पत्रकार सम्मेलनको आयोजना राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते प्रधानमन्त्री ओली पोखरामा उद्धार हुन सकेन घाइते पत्रकारको विसं २०७८ मा तीन दशैँ पहेँलो धातुको मूूल्यमा ४०० वृद्धि प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

पासपोर्ट थन्काएर गाउँमै कुखुरापालन, स्वदेशमै 'सुन फलाउन' सकिने विश्वास

लामिछानेले कृषि विकास बैंकबाट रु छ लाख र छ लाख आफैँले सरसापट गरेर कुखुरापालन व्यवसाय गरिरहेका छन्

बुद्धबार, २७ भाद्र २०७५, सगरमाथा पोष्ट

सुर्खेत, २७ भदौ

विदेश जाने युवाको लहर चलिरहेका बेला बराहताल गाउँपालिका–५ सुर्खेतका ३५ वर्षीय देवीराम लामिछाने आफूले बनाएको राहदानी थन्काएर गाउँमै कुखुरापालन शुरु गरेका छन् ।

पैसा कमाएर सुखको जीवन बिताउने सपना बोकेर अरुझैँ जोखिम मोलेर भएपनि कतार गएका उनले यस पटक भने विदेशको बाटो रोजेनन् । बरु आफ्नै गाउँमा कुखुरापालन व्यवसाय सञ्चालन गरे । बराहताल गाउँपालिकामा सञ्चालीत उनको अन्नपूर्ण पोल्टी फार्ममा अहिले एक हजार कुखुरा छन् । 

लामिछानेले कृषि विकास बैंकबाट रु छ लाख र छ लाख आफैँले सरसापट गरेर कुखुरापालन व्यवसाय गरिरहेका छन् । “ बैंक र केही आफूसँग भएको रकमबाट भर्खरै व्यवसाय शुरु गरेको हुँ”, उनले भने । आगामी दिनमा यसलाई अझ राम्रो बनाउँदै लैजाने तथा अब नेपालमै बसेर स्वावलम्बी बन्ने लामिछाने बताउछन् । उनले दैनिक विदेशिने युवालाई मेहनत गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण दिएका छन् । 

सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर सस्तो ब्याजदरमा ऋण दिएर विदेशिने युवालाई काम दिनुपर्ने लामिछानेको भनाइ छ । लामिछाने भन्छन्, “गाउँमै केही गरौँभन्दा ऋण पाइँदैन तर विदेश जान्छु भन्दा सबैले जति मागे पनि ऋण दिन्छन् ।” 

आफूले पनि गाउँमै व्यवसाय सञ्चालन गर्छु भन्दा कसैबाट ऋण नपाएर गाउँका अरुलाई भनेर ऋण पाएको अनुभव सुनाए । “कुखुरापालन व्यवसाय गरेको धेरै लामो समय भएको छैन, लगानी अहिले बराबरमा रहेको छ अब फाइदा हुन्छ होला”, लामिछानेले भने । बराहताल–५ सुर्खेतका जीवन लामिछानेले पनि आफूले बनाएको राहदानी थन्काएर गाउँमै भैँसीपालन व्यवसाय शुरु गरेका छन् । स्थानीय बहुमुखी कृषि सहकारी संस्थाबाट रु एक लाख ऋण लिएर भैँसीपालन गरेका हुन् । 

समुदायको आवश्यकता र मागका आधारमा योजनाको छनोट हुने भए गाउँमा स्वरोजगारको वृद्धि हुने नागरिक अगुवा खिम रेग्मीले बताए । कुनै पनि बैंक, सहकारी तथा अन्य संस्थाबाट लिएको रकमको सही सदुपयोग गरे युवा विदेशिनु नपर्ने र स्वदेशमै बसेर पनि सुन फलाउन सकिने रेग्मीको धारणा छ । कर्णालीको गरीबी हटाउन प्रदेश सरकार, स्थानीय सरकारले पहिलो चरणमा आय आर्जन व्यवसाय र क्षमता विकासमा लगानी गर्नुपर्ने रेग्मीको सुझाव छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू