Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

जापानकी ओसाकाले जितिन् युएस ओपनको उपाधि, सेरेना ६–२ र ६–४ को सोझो सेटमा पराजित

खेलका निर्णायकमाथि सेरेनाको अभद्र व्यहार र गालीगलौज, सेरेनाले कोर्टमै र्याकेट फाल्नुका साथै तोडफोड गरिन्

आईतवार, २४ भाद्र २०७५, सगरमाथा पोष्ट

न्यूयोर्क, २४ भदौ :

युएस ओपनको महिलातर्फको एकल प्रतिस्पर्धामा पहिलो पटक जापानी खेलाडी नाओमी ओशाकाले सेरेना विलियम्सलाई पराजित गरी उपाधि हात पारेकी छिन् । 

खेलका निर्णायकमाथि सेरेनाको अभद्र व्यहार र गालीगलौजका कारण खल्लो महसुस गरिएको सो खेलमा २० वर्षीया नाओमीले ६–२ र ६–४ को सोझो सेटमा सेरेनालाई पराजित गरेकी थिइन् । 

खेलका मुख्य निर्णायक कार्लोस रामोसमाथि गरेको गालीगलौजका कारण सेरेनामाथि जरिवाना समेत गरिएको थियो । दोस्रो सेटबाट सुरु भएको त्यो विवादका कारण सेरेनाले कोर्टमै र्याकेट फाल्नुका साथै तोडफोड गरेकी थिइन् । यही सेटमा नाओमीले ५–३ को अग्रता समेत लिएकी थिइन् । 

खेल समाप्ती पश्चात् प्रतिक्रिया दिँदै ओशाकाले सेरेनाको चर्को आवाजले आर्थर एस रंगशाला नै गुञ्जायमान भए पनि आफूले खेललाई सामान्य ढङ्गबाट लिएको बताइन् । उनले भनिन्, “मलाई अतिरिक्त प्वाइन्ट दिइएको थियो, र यसबाट म केही असमन्जसमा परेकी थिएँ । तर मैले खेलमै आफूलाई केन्द्रित गरिरहेको थिएँ । सेरेना कुनै पनि समयमा खेलमा फर्कन सक्ने सम्भावना मैले देखिरहेको थिएँ ।” 

एक छोरीकी आमा सेरेनाले २४औं ग्रान्डस्लाम प्रतियोगिता जित्ने अपेक्षा राखेकी थिइन् । नाओमीलाई युएस ओपनको कप दिँदा दर्शक दिर्घाबाट असन्तोष समेत प्रकट भएको थियो । 

तर सेरेनाले आफ्ना समर्थकलाई शान्त पार्दै भनिन् , “होइन, नाओमीले ज्यादै राम्रो खेलिन् । यो उनको पहिलो ग्रान्डस्लाम हो । हामी सबैले उनलाई सम्मान गर्नु पर्दछ ।” 

सेरेनालाई आदर्श महिला मान्दै आएकी नाओमीले भनिन्, “युएस ओपनमा सेरेनासँग खेल्ने मेरो पनि सपना थियो । मैले आफूलाई आज अत्यन्त भाग्यमानी सम्झेकी छु ।” 

मार्चमै भएको इन्डियन्स वेल्स प्रतियोगितामा समेत नाओमीले सेरेनालाई पराजित गरेकी थिइन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू