Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

वेलडन !

साफ च्याम्पियनसीप : बङ्गलादेशलाई २-० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

समूह बिजेता बन्दै सेमिफाइनलमामा प्रवेश गरेको नेपालका लागि बिमल घर्ति मगरले पहिलो तथा दोश्रो गोल नवयुग श्रेष्ठले अन्तिम समयमा गरे

शनिबार, २३ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २३ भदौ :

साफ च्याम्पियनसीपअन्तर्गत नेपाल  बङ्गलादेशलाई २-० ले पराजित गर्दै सेमिफाइनलमामा प्रवेश गरेको छ । नेपाल समूह ए को बिजेता बन्दै सेमिफाइनलमामा प्रवेश गरेको नेपालका लागि पहिलो गोल बिमल घर्ति मगरले गरेका थिए भने दोश्रो गोल नवयुग श्रेष्ठले अन्तिम समयमा गरेका थिए  

 । 

बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशाामा शुरु भएको शनिबारको खेल जित्दै सेमिफाइन प्रवेश गरेको हो   । 

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भए पनि दोस्रो खेलमा भुटानविरुद्ध ४–० को जित निकाल्दै सेमिफाइलन प्रवेशको सम्भावना कायमै राखेको थियो  । 

नेपाललाई सेमिफाइनल पुग्न बङ्गलादेशसँगको खेल जित्नैपर्नेछ भने बङ्गलादेशले नेपालसँग बराबरी खेलेमात्र सेमिफाइनल पुग्ने अवस्था थियो । 

समूह ‘ए’बाट पाकिस्तान सेमिफाइनल प्रवेश गरिसकेको छ । शनिबार नै  भएको खेलमा भुटानलाई ३–० गोलले पराजित गर्दै पाकिस्तान सेमिफाइनल पुगेको हो । भुटान भने तीनै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू