Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

पूजाआजामा ठेक्का हटाउँदा कालिका भगवती मन्दिरमा भेटीबाट हुने आम्दानीमा वृद्धि

बलिको मुढ, भेटी, परेवा र अक्षेता मन्दिरको मुख्य आम्दानीको स्रोत हो, बलिको रुपमा मन्दिरमा बोका, राँगो, हाँस, सुँगुर र कुखुरा चढाउने गरिन्छ

बिहीवार, २१ भाद्र २०७५, सगरमाथा पोष्ट

बागलुङ, २१ भदौ

पूजाआजामा ठेक्का हटाउँदा कालिका भगवती मन्दिरमा भेटीबाट हुने आम्दानीमा वृद्धि हुँदै गएको छ । 

विसं २०३२ देखि चलेको ठेक्का प्रणाली हटाएर मन्दिर गुठी व्यवस्थापन समिति आफैँले तीन वर्षदेखि पूजा सञ्चालन गर्दै आएको छ । आव २०७१÷७२ मा रु ४१ लाखमा पूजा सञ्चालन तथा व्यवस्थापनको जिम्मा ठेकेदारले लिएका थिए । ठेक्का नदिई समिति आफैँले पूजाआजा चलाउँदा आव २०७२÷७३ मा भेटीको आम्दानी रु ९० लाख भएको थियो । उक्त आम्दानी आव २०७३÷७४ मा रु एक करोड १४ लाख ३३ हजार तथा आव २०७४÷७५ रु एक करोड ३४ लाख ८७ हजार पुगेको छ । 

“ठेक्का हटेको पहिलो वर्षमै आम्दानी दोब्बरले बढ्यो” समितिका अध्यक्ष राजु खड्काले भने, “भेटीबाट व्यक्तिले कमाउने क्रमको अन्त्य भएको छ ।” चुस्त व्यवस्थापन, पारदर्शिता र मितव्ययी खर्च प्रणालीले आम्दानीमा वृद्धि भएको उनको भनाइ छ । भक्तजन, नागरिक समाज र सामाजिक सङ्घसंस्थाले समितिले नै पूजाको जिम्मा लिन सुझाव दिएका थिए । 

“पहिला मन्दिरको आम्दानीबारे केही थाहा हुने गरेको थिएन”, उनले भने, “अहिले सबै कुरा पारदर्शी छ ।” पूजा सञ्चालन समितिको मातहतमा आएपछि साप्ताहिक रुपमै आम्दानी र खर्च सार्वजनिक हुन थालेको छ । बलिको मुढ, भेटी, परेवा र अक्षेता मन्दिरको मुख्य आम्दानीको स्रोत हो ।

बलिको रुपमा मन्दिरमा बोका, राँगो, हाँस, सुँगुर र कुखुरा चढाउने गरिन्छ । मुढ (टाउको) भक्तजनले मन्दिरलाई चढाउने गरेका छन् । मन्दिरमा बडादशैँ र चैतेदशैँका बेला सबैभन्दा बढी आम्दानी हुने गरेको छ । गत आवको चैतमा रु २८ लाख ९० हजार आम्दानी भएको थियो । बलि नचढ्ने र कम पूजा हुने साउनमा रु दुई लाख ९९ हजार भेटी चढाइएको थियो । 

“ठेक्का हुँदा विकृति थियो, अस्वस्थ प्रतिस्पर्धा हुन्थ्यो” मन्दिरका पुजारी जयबहादुर खड्काले भने, “अहिले वातावरण धेरै सहज छ ।” पूजाआजाबाट आम्दानी बढेसँगै खर्चसमेत बढेको समितिले जनाएको छ । तीन वर्षअघि रु १० लाख खर्च भएकोमा अहिले वार्षिक खर्च करीब रु २५ लाख पुगेको छ । कर्मचारी तलबमा मात्र रु १८ लाख ६८ हजार खर्च हुने गरेको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू