Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह

शेयर बजार २४ अंकले बढ्यो, नेप्से परिसूचक १ हजार २ सय ३४ अंकमा कायम

नेपाल स्टक एक्स्चेन्जका अनुसार ७० करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भयो

बुद्धबार, २० भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २० भदौ

विगत एक सातायता बढ्दै गएको सेयर बजारको परिसूचक नेप्से १२३४ अंकमा कायम भएको छ। बुधबार २३ दशमलव ८९ अंकले बढेर परिसूचक सो अंकमा पुगेको हो।

यस दिन कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार ७० करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भयो। अघिल्लो दिन ५२ करोडको कारोबार भएको थियो। बजारको पुँजीकरण १४ खर्ब ६९ अर्ब कायम भएको छ।

यस दिन बैंकिङ २२, होटल १९, विकास बैंक ३०, जलविद्युत ३९, फाइनान्स ९, निर्जीवन बीमा कम्पनी १६२, अन्य ६, माइक्रोफाइनान्स ४२ तथा जीवन बीमा समूह ९५ अंकले बढ्यो। उत्पादन ३६ तथा व्यापार २ अंकले घटे।

यस दिन कुमारी बैंक कारोबारका आधारमा अग्रस्थानमा रह्यो। सो कम्पनीको ४ करोड ९० लाखको सेयर किनबेच भयो। त्यस्तै एनएमबि बैंकको ४ करोड ५१ लाखको कारोबार भयो।

काबेली विकास बैंक तथा हिमालय पावर पार्टनरका लगानीकर्ताले ९. ७ प्रतिशत नाफा कमाए। यस दिन यूनिलिभरका लगानीकर्ताले सबैभन्दा धेरै ३.९ प्रतिशत गुमाए।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू