Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

भनाभन हुँदा निर्देशकले काम छाडेपछि अभिनेत्री कंगना आफैं फिल्म निर्देशनमा

कंगना भन्छिन् खान नायकहरुसँग नायिकालाई शो पिसको रुपमा मात्र राखिन्छ नकि अभिनयको लागि

बुद्धबार, २० भाद्र २०७५, सगरमाथा पोष्ट

एजेन्सी, २० भदौ

बलिउड अभिनेत्री कंगना रनावत एक मात्र त्यस्ती नायिका हुन् जो स्क्रिप्ट चेन्ज गर्ने देखि लिएर परी आए निर्देशन समेतको जिम्मेवारी सम्हालने आँट गर्दछिन् । खान नायकहरुसँग स्क्रिन शेयर गर्न मरीहत्ते गर्ने नायिकाहरुको बिचमा कंगना खान नायकहरुको फिल्ममा काम गर्न इन्कार गर्ने गर्छीन । कंगना भन्छिन् खान नायकहरुसँग नायिकालाई शो पिसको रुपमा मात्र राखिन्छ नकि अभिनयको लागि । यस्तैमा हालै छायांकनको क्रममा रहेको फिल्म ‘मणिकर्णिका’को निर्देशनको जिम्मा कंगनाकै काँधमा आएको छ ।

आफैं निर्माता भएर चलचित्र ‘मणिकर्णिका’ को निर्देशनमा समेत उत्रिएकी छन् । यो चलचित्रकी निर्देशक कृषले चलचित्र छाडेपछि अब निर्देशनको जिम्मेवारी पनि कंगनाकै काँधमा आएको छ ।चलचित्रको काममा कंगना हाबी भएको भन्दै कृषले चलचित्र छाडेका हुन् ।

कृष मात्र हैन, त्यसअघि नै मणिकर्णिकाबाट अभिनेता सोनु सुध बाहिरिएका छन् । आफूलाई कंगनाको व्यवहार ठीक नलागेको र सुटिङमा सम्मानित कार्य नभएकाले सिनेमा छाड्नु परेको सोनुले बताएका छन् ।तर कंगनाले महिला निर्देशक र महिला निर्मातालाई सोनुले साथ नदिएको आरोप लगाएकी थिइन् । चलचित्रबाट निर्देशक स्वयंले उनलाई आरोप लगाएर काम छाडेपछि कंगनाले निर्देशकको भूमिका समेत सम्हाल्नुपरेको हो । यो चलचित्रकी लेखक अपूर्व असरानीले पनि कंगनाको टिप्पणी ट्वीटरमा गरेकी छन् ।

यो चलचित्रको रिलिज मिति कंगनाले आगामी २५ जनवरीलाई तोकेकी छन् । तर, सिनेमाको छायांकन आधा पनि सकिएको छैन । सहयोगी निर्माताले आर्थिक रूपमा साथ दिएपछि चलचित्रलाई निर्माण सम्पन्न गर्न कंगना आफैं निर्देशनमा उत्रिएकी हुन् । यो चलचित्रका निम्ति दुई वर्षदेखि तयारीमा जुटेकी कंगनाका लागि मणिकर्णिका ड्रिम प्रोजेक्ट हो ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू