Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनःनिर्माणको टुङ्गो लाग्न सकेन

ठेकेदारको ढिलाइ तथा कतिपय ठेकेदार सम्पर्कमा नआउँदा पुनःनिर्माणको तीव्ररूपमा अघि बढ्न सकेको छैन

बुद्धबार, २० भाद्र २०७५, सगरमाथा पोष्ट

ललितपुर, २० भदौ 

पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन ।

भूकम्पबाट क्षति पुगेको तीन वर्ष वित्दा समेत मन्दिर पुनःनिर्माणको जिम्मा कसलाई दिने भन्नेबारे अन्योल छ । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजिमान प्याकुरेलका अनुसार जापान सरकारले उक्त मन्दिर निर्माणका लागि रु १३ करोड सहयोग गर्ने भएको छ । उनले भने, ‘कसले पुनःनिर्माण गर्ने भन्ने टुङ्गो लागेपछि मात्र काम अघि बढ्छ ।’

सो क्षेत्रमा भूकम्प अघि काठमाडौँ उपत्यका विकास कोषले स्मारक पुनःनिर्माणको काम गर्दै आएको थियो । भूकम्पपछि कतिपय स्मारक सरकार आफैँले पुनःनिर्माण थालेको छ । ठेकेदारको ढिलाइ तथा कतिपय ठेकेदार सम्पर्कमा नआउँदा पुनःनिर्माणको तीव्ररूपमा अघि बढ्न सकेको छैन ।

कोषले भने काम समयमा नै गर्न सक्ने प्याकुरेलको दावी छ । ‘कानूनी प्रावधानका कारण कोषलाई कामको जिम्मेवारी दिन सकिएको छैन,’ उनले भने । सरकारले पुनःनिर्माणका लागि गैरसरकारी संस्थालाई रु ६० लाखभन्दा बढी रकम दिन नमिल्ने नियम छ ।

काठमाडौँको हनुमान दरबार र ललितपुरको देगु तलेजु मन्दिर पुनःनिर्माण गर्न नेपालस्थित जापानी दूतावासले गत वर्ष नेपाल सरकारसँग सम्झौता गरेको थियो । विश्व सम्पदा सूचीमा सूचीकृत विभिन्न स्मारकमध्ये देगु तलेजु महत्वपूर्ण मानिन्छ । मल्लकालमा राजा सिद्धिनरसिंह मल्लले उक्त मन्दिर बनाउन लगाएको इतिहास छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू