Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

नेपाल हङकङसँग ३ विकेटले पराजित, एशिया कप छनाेट चरणबाट बाहिर

नराम्रो प्रदर्शन गरेको नेपाल अन्तिम खेलमा हङकङसँग ३ विकेटले पराजित हुँदै भारत र पाकिस्तानसँग खेल्ने सपना साकार पार्न सकेन

मंगलवार, १९ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौं १९ भदौ

एसिया कप छनोट अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ९६ रनकाे लक्ष्य दिएकाे छ । नेपालले ३८ अाैं अाेभरमा अलअाउट हुनुअघि ९५ रन मात्र जाेड्न सक्याे ।

निकै फितलो ब्याटिङ गरेको नेपालले मात्र एक रन हुदा पहिलो विकेट गुमायो ।

मलेसियामा भएको एशिया कप छनोटमा नराम्रो प्रदर्शन गरेको नेपाल अन्तिम खेलमा पनि हङकङसँग तीन विकेटले पराजित हुँदै भारत र पाकिस्तानसँग खेल्ने सपना साकार पार्न सकेन ।

मलेसियाको ओभल मेदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभर ५ बलमा ९५ रनमा अलआउट भयो । ओपनर सुवास खकुरले खाता खोल्न नपाउदै आउट भए । त्यसपछि नेपालले २३ रनमा अर्को विकेट गुमायो । कप्तान पारस खड्का मात्र १४ रनमा पेभेलियन फर्किए ।

नेपालको स्कोर ४४ रनका हुदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो । नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । ४८ रन बनाउदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए जसका कारण नेपालले चौथो विकेट गुमायो । तर लगत्तै दिपेन्द्र ऐरी मात्र २ रनमा आउट भएपछि नेपालको पारी धरापमा पर्यो । निकै कमजोर ब्याटिङ गरेको नेपालले ५५ रनमै छैटौ विकेट खेर फाल्यो । सागर पुन ७ रनमा आउट भए ।

नेपालको स्कोरबोर्डमा अरु तीन रन थपिदा सातौ विकेट गयो । सोमपाल कामीले खाता खोल्न सकेनन । आठौ विकेटका लागि आरिफ शेख र बसन्त रेग्मी विच ३४ रनको साझेदारीले नेपाललाई केहि राहत भएको थियो । तर नेपालको स्कोर ९२ रन हुँदा आरिफ १८ रनमा आउट हुन पुगे । नेपालका लागि बसन्त रेग्मीले अविजीत १५ रन थपे । आजको खेलमा नेपालको ब्याटिङ यो प्रतियोगिताकै कमजोर रहन पुग्यो ।

९६ रनको झिनो लक्ष्य पक्ष्याएको हङकङले ३२ ओभर ३ बलमा सात विकेट गुमाउँदै पुरा गर्यो ।

हङकङको पनि सुरुवात राम्रो हुन सकेन । १४ हुदा पहिलो विकेट गुमाएको उसले ३० रनमा दुई विकेट खेर फाल्यो । दुई विकेट सन्दिपले लिए । हङकङको स्कोर ४० रन हुदा नेपाले तेस्रो विकेट लियो । सागर पुनले निजाकत खानलाई मात्र दुई रनमा आउट गरे ।

त्यसपछि अन्सुमन राथलाई पनि सन्दिपले नै आउट गर्दा हङकङले ८३ रनमा ५ विकेट गुमायो । उनले ५२ रन बनाए । बलिङ तर्फ नेपालका सन्दिप लामिछानेले ५ विकेट लिए । जारी प्रतियोगितामा सन्दिपले कुल १६ विकेट लिन सफल भए ।

यो प्रतियोगितामा सफल बलर मध्येका एक सन्दिपले हङकङको स्कोर ७१ रन हुदा चौथो सफलता दिलाए । उनले किन्चित शाहलाई ११ रनमा आउट गरे ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू