Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

दोहोरो अंकले बढ्यो शेयर बजार, ५४ करोड ६० लाख २१ हजार ७ सय १९ रुपैयाँको कारोबार

दिनभरमा भएका ५ हजार ९ सय ७१ कारोबारबाट १८ लाख ९८ हजार ३ सय ५ कित्ता सेयर किनबेच भएका छन् ।

सोमबार, १८ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौं , १८ भदौं

साताको दोस्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । सोमबार नेप्से परिसूचकमा १५.९८ अंकले वृद्धि देखिएको हो ।

१ हजार १ सय ९० दशमलव ५५ अंकबाट शुरु भएको कारोबार दिउसो २४ अंकले बढेर १ हजार २ सय १३ अंक भन्दा माथि पुगेको थियो ।

त्यसपछि केहीबेर ओरालो लागेको शेयर बजार अन्तिममा आएर १५.९८ घटेर नेप्सेपरिसूचक १ हजार २ सय ६ दशमलव २६ अंकमा पुगेको छ । यस अघि आइतबार नेप्से परिसूचक ८ दशमलव ८९ अंकले बढेको थियो ।

नेप्से परिसूचकसँगै सोमबार कारोबारमा समेत उल्लेखीय सुधार आएको छ । दिनभरमा भएका ५ हजार ९ सय ७१ कारोबारबाट १८ लाख ९८ हजार ३ सय ५ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ५४ करोड ६० लाख २१ हजार ७ सय १९ रुपैयाँको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार २४ करोड भन्दा बढी रकमको सेयर कारोबार भएको हो । आइतबार ३० करोड २५ लाख ९७ हजार २०१ रुपैयाँको कारोबार भएको थियो ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू