Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै चारुमति बुद्ध विहारमा महापरित्राण पाठ

चारुमति बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले बुद्धको जन्मस्थल नेपालमा भएर पनि बौद्ध साहित्य र दर्शनको अध्ययन तथा प्रवद्र्धन हुन नसकेकामा चिन्ता व्यक्त

शनिबार, १६ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, १६ भदौ  

विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै चाबहिलस्थित चारुमति बुद्ध विहारमा महापरित्राण पाठ (विशेषपूजा) गरिएको छ । 

देशमा शान्ति, समृद्धि र सबैको प्रगतिको कामना गर्दै सम्बन्धित धर्मगुरुले मङ्गलध्वनिका साथ शनिबार पाठ गरेका हुन् । 

सो अवसरमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महानगरभित्रका प्राचीन सम्पदा तथा संस्कृतिले अन्तर्राष्ट्रिय परिवेशमा देशको विशिष्ट पहिचान कायम गरेको उल्लेख गर्दै पुराना कला, कौशलबाट निर्मित सम्पदाले महानगरको सौन्दर्यताका साथै हाम्रो सभ्यता बढाएकाले तीनको संरक्षण गर्ने नीति महानगरले लिएको बताए । 

कामपा–७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोलले चाबहिलस्थित करीब दुई हजार ३०० वर्ष पुरानो बौद्ध चैत्य अर्थात् ‘धन्दो चैत्य’ को स्थानीय तहबाट रङ्गरोगन गरी संरक्षण थालिएको जानकारी दिए । 

चारुमति बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले बुद्धको जन्मस्थल नेपालमा भएर पनि बौद्ध साहित्य र दर्शनको अध्ययन तथा प्रवद्र्धन हुन नसकेकामा चिन्ता व्यक्त गर्दै बौद्ध साहित्यका माध्यमबाट राज्यको मूलधारमा आउन नसकेका गरीब तथा निमुखा वर्गको सामाजिक विकास गर्नुपर्नेमा जोड दिए । 

समाजसेवीद्वय सूर्यरत्न बज्राचार्य र मङ्गलरत्न बज्राचार्यले दिवङ्गत मातापिताको स्मरणमा पूजालाई आवश्यक पर्ने सम्पूर्ण खर्चको व्यवस्थापन गरेका छन् । उक्त पूजाका लागि करीब रु आठ लाख खर्च लाग्ने विहारले जनाएको छ । 

त्यसैगरी बज्राचार्यद्वयले स्थानीय पशुपति मित्र माविलाई रु एक लाख प्रदान गरी अक्षयकोष स्थापना गरेका छन् । गरीब विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको हो । उक्त चैत्यमा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले आइतबार निरीक्षण तथा पूजाका लागि तयारी गरिएको विहारले जनाएको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू