Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

पिताको मृत्युपछि जुनियर एनटिआरले आफूलाई सम्हाल्नै सकेनन्, कसले दियो दागबत्ती ?

माइला छोरा नन्दमुरी कल्याण राम र कान्छा जुनियर एनटिआर अन्तिम संस्कार गर्नुपर्ने थियो

शनिबार, १६ भाद्र २०७५, सगरमाथा पोष्ट

हैदराबाद, १६ भदौ 

दक्षिण भारतीय सुपरस्टार दाजुभाइ जुनियर एनटिआर र नन्दमुरी कल्याण रामका पिता नन्दमुरी हरिकृष्णको बुधबार सडक दुर्घटनामा मृत्यु भयो ।

हरिकृष्णको अन्तिम यात्रा बिहीबार साँझ ४ बजे हैदराबादको जुबली हिल्स्थित घरबाट निकालियो । पिताको अन्तिम संस्कारको क्रममा कान्छा छोरा जुनियर एनटिआरले आफूलाई सम्हाल्नै सकेनन् । एनटिआरको आँसु रोकिँदै रोकिएनन् । त्यहाँ भएका आफन्तले उनलाई सम्हालिरहेका थिए । जुनियर एनटिआर यतिसम्म हतास थिए कि उनले विताको चितामा अग्नी दिनसमेत सकेनन् । 

हरिकृष्णका ३ छोरामध्ये जेठा छोराको सडक दुर्घटनामा मृत्यु भइसकेको थियो । माइला छोरा नन्दमुरी कल्याण राम र कान्छा जुनियर एनटिआर अन्तिम संस्कार गर्नुपर्ने थियो । तर, एनटिआर यतिसम्म हतास भएका थिए कि उनले पिताको चितामा अग्नी दिनै सकेनन् । दाजु कल्याण रामले पितालाई दागबत्ती दिए ।  

अन्तिम यात्राको क्रममा हरिकृष्णलाई उनका भिनाजु तथा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले काँधमा बोकेका थिए । अन्तिम यात्राका क्रममा सडकमा यति ठूलो जनसागर उत्रिएको थियो कि सडक पूरै जाम भएका थिए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू