Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

जाममा फस्नुहोला ! आज काठमाडौँका यि रुटहरुमा हुँदैछन् गाडी बन्द

भीभीआर्इपीको उडान अघि १५ मिनेट र उडानपछि १५ आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द हुनेछ

शुक्रबार, १५ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, १५ भदौ

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन शुक्रबार सम्पन्न भएलगत्तै चार राष्ट्रका राष्ट्राध्यक्ष स्वदेश फर्कँदैछन् ।

विशिष्ट पाहुना स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् । त्यसैगरी करिब एक घण्टा सोल्टी होटलदेखि सोल्टी मोड , कालिमाटी , त्रिपुरेश्वर , थापाथली , माईतिघर , नयाँ बानेश्वर , सिनामंगल , तिनकुने , एयरपोर्टको रुटमा सवारी साधनहरु दुईतर्फी रुपमै बन्द हुनेछन् ।

शुक्रबार दिउँसो एक बजे बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद फर्कँदैछिन् ।

त्यसैगरी दिउँसो ४ बजे थाइल्याण्डका प्रधानमन्त्री चा ओन चा, साढे ४ बजे म्यान्माका राष्ट्रपति विन मीन्ट र साँझ ६ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कने उडान तालिका रहेको छ ।

क्षेत्रीका अनुसार भीभीआर्इपीको उडान अघि १५ मिनेट र उडानपछि १५ आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द हुनेछ ।

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं न्यायाधीश दसो छिरीङ वाङचुक शनिबार स्वदेश फर्कँदै छन् भने श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना आइतबार स्वदेश फर्किने तालिका रहेको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू