Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

श्रीलङ्काली राष्ट्रपति आउने भएपछि चाबहिलस्थित बौद्ध चैत्यको विशेष सरसफाइ !

श्रीलङ्काका राष्ट्रपति सिरीसेना बिम्स्टेकको बैठकमा सहभागी हुन आउने क्रममा यही भदौ १७ गते उक्त चैत्यमा आउने कार्यक्रम रहेको जानकारी

बुद्धबार, १३ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, १३ भदौ

चाबहिलस्थित बौद्ध चैत्यको दर्शनका लागि श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरीसेना आउने भएपछि बुधबार विशेष सरसफाइ गरिएको छ । 

करीब दुई हजार ३०० वर्ष पुरानो उक्त चैत्यको दर्शनका लागि श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरीसेना आउने भएपछि नेपाली सेना, प्रहरी, स्थानीयवासीलगायतले सफासुग्घर तथा रङरोगन गरेका छन् । 

चारुमती बुद्धिष्ट मिसन नेपालका अध्यक्ष भिक्षु तपस्सी धम्मले श्रीलङ्काका राष्ट्रपति सिरीसेना बिम्स्टेकको बैठकमा सहभागी हुन आउने क्रममा यही भदौ १७ गते उक्त चैत्यमा आउने कार्यक्रम रहेको जानकारी दिए । 

विहारले शान्तिपूर्ण तथा सहअस्तित्वको समाज निर्माणका लागि बुद्धका शिक्षा तथा उपदेशलाई फैलाउन विभिन्न धार्मिक, नैतिक, सामाजिक शिक्षा दिँदै आएको उनले बताए । 

कामपा–७ पर्ने उक्त चैत्यलाई धन्दो चैत्यसमेत भनिन्छ । सम्राट अशोकले आफ्नो छोरी चारुमतीको नेतृत्वमा धर्मदूत पठाएर निर्माण गरिएको इतिहास पाइन्छ । ठूलो नरसंहार गरेर सम्राट भएका अशोकले बौद्ध दर्शन तथा उपदेश प्रचारका लागि काठमाडौँ, श्रीलङ्का, म्यान्मा, थाइल्याण्डलगायत विभिन्न मुलुकमा आफ्ना छोरा, छोरी तथा विश्वासिला दूत पठाएका थिए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू