Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

भूमेलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा सभामुख कृष्णबहादुर महराको जोड

सरकारले रुकुम, रोल्पा, म्याग्दी र बाग्लुङलाई जोडेर मध्यपहाडी क्षेत्रमा गुरिल्ला पदमार्गका रुपमा विकसित गर्न खाजेको छ

सोमबार, ११ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ११ भदौ

सभामुख कृष्णबहादुर महराले प्राकृतिक, साँस्कृतिक एवं गुरिल्ला पदयात्राको अनुपमस्थल भूमे गाउँपालिकालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताएका छन् । 

भूमे गाउँपालिकाद्वारा प्रकाशित ‘भूमे दर्पण एवं वृत्तचित्र’को सोमबार यहाँ शुभारम्भ गर्दै सभामुख महराले राजनीतिक परिवर्तनको जगमा उभिएर अब जनताको आर्थिक एवं सामाजिक रुपान्तरण गर्न सबै केन्द्रीत हुनुपर्ने बताए । उनले भने, “रुकुम (पूर्व)को आर्थिक समृद्धि पर्यटन प्रवद्र्धनले नै गर्छ, यसका लागि सरकारले थप लगानी बढाउनुपर्छ । ” 

राजनीतिक दृष्टिकोणले भूमे गाउँपालिकामा रहेका लावाङ र चुनवाङस्थल ऐतिहासिक रहेको उनको भनाइ थियो । सरकारले रुकुम, रोल्पा, म्याग्दी र बाग्लुङलाई जोडेर मध्यपहाडी क्षेत्रमा गुरिल्ला पदमार्गका रुपमा विकसित गर्न खाजेको छ । भूमेका अधिकांश बस्तीमा मगर समुदायको बसोबास छ । विमोचित पुस्तिकामा भूमेको परिचय समेटिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गुरिल्ला पदमार्गलाई बहुवर्षीय योजनामा समावेश गरी पर्यटन प्रवद्र्धनको काम भइरहेको बताए। उनले भूमेमा रहेको गणतन्त्र सङ्ग्रहालयलाई थप प्रवद्र्धन गर्न वजेट विनियोजन गरिने बताए । भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगर तथा उपाध्यक्ष मनकुमारी बुढा विष्टले मगर संस्कृतिको धनीका रुपमा रहेको गाउँपालिकालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको बताए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू