Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

मुक्तिनाथमा मनाईयो यार्तुङ पर्व, बाह्य पर्यटक भित्र्याउने मुख्य उद्देश्य !

जनप्रिय युवा क्लब पुराङ रानीपौवाले यार्तुङ महोत्सवमा विभिन्न प्रतियोगिता सञ्चालन गरेको थियो

सोमबार, ११ भाद्र २०७५, सगरमाथा पोष्ट

मुस्ताङ, ११ भदौ

मुक्तिनाथमा मनाइँदै आएको यार्तुङ पर्व सोमबार सम्पन्न भएको छ । 

जिल्लाको बाह्र गाउँले गुरुङ समुदायले वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–१ मा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ उक्त पर्वका अवसरमा महोत्सव आयोजना गरेको थियो । जनप्रिय युवा क्लब पुराङ रानीपौवाले यार्तुङ महोत्सवमा विभिन्न प्रतियोगिता सञ्चालन गरेको थियो । वर्षायाम सकिएको सङ्केत स्वरुप यार्तुङ पर्व मनाउने परम्परा रहेको मुक्तिनाथ, जनप्रिय युवा क्लबका अध्यक्ष उके्रन गुरुङले बताए । 

घोडा दौड हेर्न यहाँ ठूलो भीड लाग्छ । घोडा दौडबाट यहाँका बासिन्दाले मनोरञ्जन लिने गर्छन् । बाह्र गाउँले गुरुङ समुदायको परम्परागत साँस्कृतिक नृत्य ‘स्यारु’ यस पर्वमा प्रस्तुत गरिँदै आएको छ । सो पर्वको अवसरमा यही भदौ ७ देखि भदौ ११ गतेसम्म महोत्सव आयोजना गरिएको थियो । सो अवसरमा आयोजना गरिएको घोडा दौड प्रतियोगितामा सैनिक उच्च शिखर शिक्षालयका राजकुमार अधिकारी पहिलो, ढुम्बाका कर्मा गुरुङ दोस्रो तथा मुक्तिनाथका वीरबहादुर विक तस्रो भए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू