Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी Embassy of Pakistan in collaboration with NPFCA distributed relief ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ६ प्रहरी घाइते

नेपाली राष्ट्रिय क्रिकेट टोली ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शन : ब्लुमफिल्डसामु ३२४ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३२३ रन बनायो

शुक्रबार, ८ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ८ भदौ  

एशिया कप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा त्यहाँको ब्लुमफिल्ड क्लबलाई जीतका लागि ३२४ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३२३ रन बनायो । श्रीलङ्काको क्लब ब्लुमफिल्डविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङस खेले । दीपेन्द्रले ९६ बलमा १२१ रन बनाए । यस्तै सागर पुनले ८२ बल खेल्दै ९२ रनको योगदान दिए । 

कप्तान पारस खड्काले २३, करण केसीले २६ र अनिलकुमार साहले १७ रन बनाए । जवाफी ब्याटिङमा उत्रिएको ब्लुमफिल्डले यो समाचार तयार गर्दासम्म १३ ओभर खेल्दै २ विकेटको क्षतिमा ५५ रन जोडेको छ । नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई बुधबार ६७ रनले हराएको थियो । नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्स क्लबसँग आगामी आइतबार खेल्नेछ । 

एशिया कपको छनोटमा नेपालले आयोजक मलेसियासहित संयुक्त अरब इमिरेट्स, हङकङ, सिङ्गापुर र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । छनोटको पहिलो खेलमा नेपालले ओमानसँग यही भदौ १३, युएईसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिङ्गापुरसँग भदौ १७ र हङकङसँग भदौ १९ गते खेल्नेछ । 

प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् । प्रतियोगिता विजेताले यही भदौ २८ गतेदेखि युएईमा हुने एशिया कपमा सहभागिता जनाउन पाउनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । छनोटको विजेताले एशिया कपको समूह ‘ए’ मा रहेको भारत र पाकिस्तानसँग समूह चरणको खेल खेल्नुपर्नेछ । 

नेपाली टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार, विनोद भण्डारी, दीपेन्द्रसिंह, करण, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल छन् । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू