Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धि अनुमोदन, दुर्घटनामा नेपाली र विदेशी यात्रुले पाउने बीमा रकम समान हुने

प्रस्तावमाथिको छलफलमा भाग लिँदै देवप्रसाद गुरुङ र सुवालले अभिसन्धिका प्रावधानका बारेमा जिज्ञासा राखेका थिए

बिहीवार, ७ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ७ भदौ 

प्रतिनिधिसभाको बिहिबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । 

बैठकमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले “अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

महासन्धिलाई अनुमोदनपूर्व प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, सञ्जयकुमार गौतम र रामबहादुर विष्टले महासन्धिका प्रावधानका बारेमा जिज्ञासा राखेका थिए । सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले उक्त महासन्धिका प्रावधानले मुलुकलाई फाइदै फाइदा हुने र अन्तर्राष्ट्रिय उडानमा हुने दुर्घटनामा नेपाली र विदेशी यात्रुले पाउने बीमा रकम समान हुने जानकारी दिए । 

आजै बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले “जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको आनुवंशिक स्रोतमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँडसम्बन्धी नागोया अभिसन्धिको सम्मिलन माथि सामान्य छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरे । उक्त प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो । 

बैठकमा सांसदका जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले अभिसन्धिका प्रावधान आनुवंशिक स्रोतका सम्बन्धमा परम्परागत ज्ञानको उपयोगबाट लाभान्वित हुने विषयसँग सम्बन्धित भएको बताए । उनले अभिसन्धिमा प्राकृतिक स्रोत संरक्षणमा संलग्न स्थानीय समुदायका ज्ञान र सीपको उपयोगका साथै उनीहरुलाई लाभ पुग्ने प्रावधानसमेत रहेको जानकारी गराए । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै देवप्रसाद गुरुङ र सुवालले अभिसन्धिका प्रावधानका बारेमा जिज्ञासा राखेका थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ ८ गते बिहान ११ बजे बस्नेछ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू