Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

तेस्रो टेस्ट क्रिकेट : भारतद्वारा इङ्ल्यान्ड २ सय ३ रनले पराजित, बाँकी २ खेल साउथाम्टन र लन्डनमा हुने

जितका लागि ५२१ रनको विशाल लक्ष्य पाएको इङ्ल्यान्डको टोली दोस्रो इनिङमा ३१७ रनमै समेटियो, भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिए

बुद्धबार, ६ भाद्र २०७५, सगरमाथा पोष्ट

नटिङ्घम, ६ भदौ :

 भारत र इङ्ल्यान्डबीच ट्रेन्टब्रीजमा खेलिएको तेस्रो टेस्ट क्रिकेट म्याचमा भारतले इङ्ल्यान्डलाई २०३ रनले पराजित गरेको छ । 

जितका लागि ५२१ रनको विशाल लक्ष्य पाएको इङ्ल्यान्डको टोली दोस्रो इनिङमा ३१७ रनमै समेटिएको थियो । भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिएका थिए भने इसान्त शर्माले २ विकेट लिए । त्यसैगरी रविचन्द्र अश्विन, मोहमद शामी र हार्दिक पान्ड्याले एकएक विकेट लिएका थिए । 

पहिलो इनिङमा भारतले ३२९ रन बनाएको थियो भने इङ्ल्यान्डले केबल १६१ रनमात्र बनाएको थियो । दोस्रो इनिङमा भारतले ७ विकेटको क्षतिमा ३५२ रन बनाई इनिङ समाप्तिको घोषणा गरेको थियो । 

भारतका तर्फबाट कप्तान बिराट कोहलीले पहिलो इनिङमा ९७ रन र दोस्रो इनिङमा १०३ रन बनाएका थिए । इङ्ल्यान्डका तर्फबाट दोस्रो इनिङमा जस बट्लरले १०६ रनको महत्वपूर्ण योगदान गरेका थिए । 

पाँच म्याचको यस शृङ्खलामा इङ्ल्यान्डले २ र भारतले १ खेल जितेका छन् । अरु दुई खेल साउथाम्टन र लन्डनमा खेलिनेछन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू