Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

भन्सार छलि भित्र्याएको करीब १० लाख बराबरको कपडा र भाँडा बरामद

बरामद गरिएको कपडा आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ

बुद्धबार, ६ भाद्र २०७५, सगरमाथा पोष्ट

पर्सा, ६ भदौ 

पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वा बजारबाट प्रहरीले गएराति भन्सार छलि भित्र्याएको करीब रु दश लाख बराबरको कपडा र भाँडा बरामद गरेको छ । 

सशस्त्र प्रहरी राजश्व गुल्म वीरगञ्ज भन्सार कार्यालयबाट खटेको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भिस्वा बजारमा रहेको ऐनामुल हक अन्सारीको पसलमा छापामारी उक्त मूल्य बराबरको कपडा र भाँडा बरामद गरेको हो । 

भारतबाट अवैध रुपमा भित्र्याइएको विभिन्न किसिमको कपडा तथा भाँडावर्तन भिस्वा बजारको एक पसलमा भण्डार गरी राखेको सूचनाको आधारमा छापामारी गर्दा करीब दश लाख मूल्यको कपडा तथा भाँडा बरामद गरिएको सशस्त्र प्रहरी राजश्व गुल्म वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले जानकारी दिए । 

उनले छापामार्ने क्रममा बरामद गरिएको कपडा तथा भाँडाको कागजात पसलधनी अन्सारीसँग माग्न आवश्यक कागजात उपलब्ध नगराउनुको साथै प्रत्यक्ष सम्पर्कमासमेत नभएपछि बरामद सामग्रीलाई नियन्त्रणमा लिइएको बताए । 

बरामद गरिएको कपडा आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू