Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

राजधानी प्रवेश गर्ने मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डलाई सुन्दर बनाइँदै

केन्द्रीय सरकारले आवश्यक बजेट र निर्माणको अख्तियारी दिएमा तीन महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गर्न नगरपालिका तयार

बुद्धबार, ६ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ६ भदौ 

राजधानी प्रवेश गर्ने मुख्यद्वार रहेको नागढुङ्गा–कलङ्की सडकको दायाँबायाँ सुन्दर हुने भएको छ । 

चन्द्रागिरि नगरपालिकाले सोलारबत्ती जडान, वृक्षरोपण एवं घरधनीलाई एकै किसिमको रङ्ग रोगन गर्न लगाई सडकखण्डलाई आकर्षित गर्न लागेको हो । नगरप्रमुख घनश्याम गिरीले भने, “नगरपालिकाले सडकखण्डको दायाँबायाँ करीब एक हजार २०० सोलारबत्ती जडान, वृक्षरोपण एवं नगरबस सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । यात्रु चढ्ने र ओर्लने स्थानमा विद्युतीय स्मार्ट प्रतिक्षालय हुने छ ।” 

नगरप्रमुख गिरीले सडक विस्तार कार्य छिटो निर्माण सम्पन्न गर्न सरकारसँग आग्रह गरे । केन्द्रीय सरकारले आवश्यक बजेट र निर्माणको अख्तियारी दिएमा तीन महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गर्न नगरपालिका तयार रहेको जनाएको छ । 

नगरपालिकाले खानेपानी सरसफाइ, वातावरण तथा विपद् व्यवस्थापन, शहरी आवास तथा भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य तथा खेलकूद, सामाजिक सुरक्षा तथा विकास, पर्यटकीय पूर्वाधारको विकास, कृषि, वन, पशु, संस्थागत सुशासन तथा सेवा प्रवाह, सम्पदा संरक्षणलगायतका क्षेत्रलाई आफ्नो प्राथमिकताको क्षेत्र बनाएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू