काठमाडौं, भदौ ३ ।
करिब १ साताअघि चाबहिलमा एक भव्य कार्यक्रमकाबीच शुभारम्भ गरिएको चाबहिल प्लाजामा नयाँ बुटिक सञ्चालनमा आएको छ । प्लाजाको पहिलो तल्लामा रहेको सार्थक फेशन बुटिकको 'मिस नेपाल इन्टरनेशनल - २०१७' की बिजेता नीति शाहले शनिबार उद्घाटन गरेकी हुन् ।
बुटिकको उद्घाटन गर्दै शाहले अहिले आम मानिसमा समेत फेशनप्रतिको धारणामा परिवर्तन आएको उल्लेख गर्दै सार्थक फेशन बुटिकले सफलता पाउनेमा आफू बिश्वस्त रहेको बताइन् ।
उद्घाटनका अवसरमा बुटिकले प्लाजा प्राङ्गणमा विविध मनोरञ्जनात्मक कार्यक्रमको समेत आयोजना गरेको थियो ।
उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष अनिता बिन्दु, वरिष्ठ साहित्यकार नीलम कार्की निहारिका तथा चाबहिल प्लाजाका प्रबन्ध निर्देशक निलेश मानन्धर लगायतको उपस्थिती रहेको थियो ।
उद्घाटनका अवसरमा आहा खबरसँग कुरा गर्दै बुटिक सञ्चालक तथा फेशन डिजाइनर समेत रहेकी सीता भट्टराईले साधारण मुल्यमै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले चाबहिल प्लाजामा तेश्रो बुटिक सञ्चालनमा ल्याएको बताइन् ।
‘हामी बुटिकमा जाँदा अन्य पसलमा भन्दा महंगो मुल्य तिर्नुपर्छ भन्ने आम कन्सेप्टलाई तोड्न चाहन्छौं ।’ उनले भनिन्, ‘अहिले उमेर ढल्किसकेका महिलामा समेत फेशनले निकै राम्रो प्रभाव पारेको छ । तसर्थ हामीले सबै उमेर समूहकालाई लक्षित गरेर साधारण मुल्यमै सेवा लिन सकिने गुणस्तरीय बुटिक सञ्चालनमा ल्याएका हौं ।’
बुटिक सञ्चालक एवम् डिजाइनर भट्टराई लामो समयदेखि यसै पेशामा आबद्ध छिन् । उनले हालसम्म थुप्रै चिरपरिचित नेपाली कलाकारदेखि आफ्नो पेशामा ख्याती कमाएका बिभिन्न व्यक्तित्वहरुलाई समेत आफ्नो उत्कृष्ट सेवामार्फत सन्तुष्ट बनाइसकेकी छिन् ।
उनले थपिन्, ‘फेशनका फरक-फरक विधाका लागि हामीकहाँ छुट्टा–छुट्टै डिजाइनरहरु छौं । जसमध्य म पनि एक सदस्य हुँ । ग्राहकहरुको पूर्ण सन्तुष्टिका लागि हामीले यसो गरेका हौं । तसर्थ, म विश्वास दिलाउन चाहन्छु की - हामीकहाँ एक पटक आइसकेको ग्राहक त्यसपछि अन्यत्र जानुपर्ने अवस्था आउने छैन ।’
सन् २००४ सालमा स्थापित सार्थक बुटिकको चाबहिल प्लाजामा खुलेको यो नयाँ बुटिक तेश्रो शाखा हो । सार्थकले प्लाजामा पहिलो पटक नयाँ बुटिक सञ्चालनमा ल्याएकोे हो ।
जसमा करिब ४५ लाख रुपैयाँ बराबरको लगानी रहेको प्रबन्ध निर्देशक तथा डिजाइनर सीता भट्टराईले आहा खबरलाई बताइन् ।
आगामी सन् २०२० सालसम्ममा ५ वटा शाखा पुर्याउने कम्पनीको योजना छ ।
त्यस्तै, बुटिकले ग्राहकहरुलाई वितरण गर्दै आएको कस्टमर कार्ड मार्फत आफूलाई पायक पर्ने जुनसुकै शाखामा गएर सुविधा सहित सेवा लिने व्यवस्था समेत मिलाएको छ ।