Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

रणवीर-दीपिकाको बिहेमा मोबाइल निषेध ! इटालीको ‘लेक कोमो’ मा लगनगाँठो कस्ने तयारी

दुवै पक्षको परिवार बिहेको तयारीमा जुटिसकेका छन्, इटलीमा बिहे गरेपछि मुम्बईमा फर्केर ग्रान्ड पार्टी दिने तयारी

शुक्रबार, १ भाद्र २०७५, सगरमाथा पोष्ट

एजेन्सी, १ भदौ

बलिउडका रियल कपल दीपिका पादुकोण र रणवीर सिंहले आगामी २० नोभेम्बरमा बिहे गर्दैछन् । उनीहरुको बिहे इटालीको ‘लेक कोमो’ मा हुने तय भइसकेको छ ।

यो बिहेमा मिडियालाई भने पहुँच दिइनेछैन । यति मात्र होइन, बिहेमा सहभागी हुने पाहुनाहरुलाई पनि मोबाइल तथा क्यामरा बोक्न नदिइने जनाइएको छ । बिहेमा करिब ३० जनालाई मात्र डाकिनेछ ।

स्रोतले भन्यो, ‘रणवीर र दीपिका चाहँदैनन् कि उनीहरुको बिहेको तस्वीर अरु आफन्तले सामाजिक सञ्जालमा हालिदिउन् । उनीहरु आफ्नै एकाउन्टबाट मात्रै फोटो सार्वजनिक गर्न चाहन्छन् ।’

यसअघि बिराट कोहली र अनुश्का शर्मा तथा सोनम कपुर र आनन्द आहुजाको बिहेको तस्वीरहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति बनेका थिए । आफूहरुको पनि यस्तै होस भन्ने रणवीर र दीपिकाले चाहेका छैनन् । तर, बिहेमा आएका पाहुनालाई मोबाइल बोक्नै नदिने उनीहरुको रणनीति सफल होला भन्ने चाहिँ ठोकुवा गर्न सकिँदैन । व्यवहारिक रुपमा यसो गर्न निकै कठिन हुनेछ ।

यतिबेला दुवै पक्षको परिवार बिहेको तयारीमा जुटिसकेका छन् । इटलीमा बिहे गरेपछि मुम्बईमा फर्केर ग्रान्ड पार्टी दिने तयारी छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू