Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

बाढी र पहिरोका कारण मनाङको सडक ३ ठाउँमा अवरुद्ध, यात्रुहरू निकै समस्यामा

जिल्लाकै तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रु निकै समस्यामा परेका छन्, माथिल्लो मनाङसम्म पुग्ने यात्रु तीनवटा सवारी फेर्न बाध्य

बिहीवार, ३१ श्रावन २०७५, सगरमाथा पोष्ट

मनाङ, ३१ साउन 

हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन् । 

मनाङको ङिस्याङ–१ पिसाङ, चामेको कोतो र तिमाङ खोलामा सडक अवरुद्ध भएको हो । ङिस्याङ गाउँपालिकाअन्तर्गत पिसाङ खोलामा आएको बाढीले पुल भत्काएपछि सडक अवरुद्ध बनेको हो । सवारी आवागमनको लागि बनाइएको काठको पुल अड्याउने पर्खाल खोलामा आएको बाढीले भत्काएपछि पुल नै कोल्टिएको हो । पुल कोल्टिएपछि सवारी आवागमन बन्द गरी मर्मत थालिएको ङिस्याङ–१ का वडाध्यक्ष भुुजुङ गुरुङले जानकारी दिए । 

यस्तै चामे गाउँपालिकाअन्तर्गत कोतो भन्ने स्थानमा पनि पहिरोले सडक भास्सिएपछि सवारी आवागमन बन्द भएको छ । सडक भास्सिने र पहिरो झर्ने क्रम नरोकिएकाले अझै केही दिन सडक बन्द रहने मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले जानकारी दिए । 

यसैगरी चामे गाउँपालिकाअन्तर्गतकै तिमाङ खोलामा आएको बाढीले पनि सडक अवरुद्ध भएको छ । मोटरेबल पुलको व्यवस्था नरहेको तिमाङखोलामा पानीको बहाव बढेपछि सवारी आवातजावत बन्द भएको हो । 

जिल्लाकै तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रु निकै समस्यामा परेका छन् । माथिल्लो मनाङसम्म पुग्ने यात्रु तीन तीनवटा सवारी फेर्न बाध्य छन् । तिमाङभन्दा तल केही सवारी पाइए पनि माथिल्लो मनाङमा भने सवारी साधन पाउन मुश्किल भएको छ । सडक अवरुद्धका कारण सामान ढुवानी रोकिँदा मनाङका व्यवसायी थप समस्यामा परेका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू