Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

कुरा काट्नेहरुलाई कडा जवाफ, अभिनेता प्रियंका र आयुषमानले फेरी गरे ईन्गेजमेण्ट

केहि समय अघि मात्र ईन्गेजमेण्ट गरेका यी जोडीले शनिबार पारिवारिक जमघटका बिच होटल द्वारिकाजमा दोस्रो पटक एकअर्काको औँठी साटासाट गरे

आईतवार, २७ श्रावन २०७५, सगरमाथा पोष्ट

काठमाडौं, २७ साउन 

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले पूनः ईन्गेजमेण्ट गरेका छन् ।केहि समय अघि मात्र ईन्गेजमेण्ट गरेका यी जोडीले शनिबार पारिवारिक जमघटका बिच होटल द्वारिकाजमा दोस्रो पटक एकअर्काको औँठी साटासाट गरे ।

लामो समयदेखि प्रेममा रहेका यी दुईको विवाहको मिति भने अझै तय भएको छैन । सिमित चलचित्रकर्मीहरुको उपस्थितिमा पुनः प्रियंका र आयुष्मानले औँठी साटेका थिए ।कार्यक्रममा दीपकराज गिरी ,दिपाश्री निरौला ,बर्षा राउत, संजोग कोईराला,निश्चल बस्नेत स्वस्तिमा खड्का लगायत बधाई दिन उपस्थीत थिए ।

पहिलोपटक ईन्गेजमेण्ट गरेलगत्तै फिल्म ‘कथा काठमाडौं’को एक गीतको भिडियोमा नायिका प्रियंका र नायक प्रमोद अग्रहरी बिचको आपत्तीजनक दृश्यहरु सार्बजनीक भएसँगै आयुषमान र प्रियंका बिचको सम्बन्ध के होला भन्ने तर्कबितर्क सामाजिक संजालमा गरीएको थियो । त्यसै आलोचनालाई चिर्न आयुष्मान र प्रियंकाले हालै फेरी ईन्गेजमेण्ट गरेको हुनसक्ने  धेरैले तर्क गरेका छन् ।

प्रियंकाको आयुष्मानसँगको दोस्रो विवाह हो। झण्डै आठ वर्षअघि उनले अमेरिकामा रोचक मैनालीसँग विवाह गरेकी थिइन्। अमेरिकामा पढ्न गएको बेला त्यही कम्प्युटर इन्जिनियरका रुपमा काम गरिरहेका मैनालीसँग सन् २०१० जुलाईमा भेट भएपछि विवाह भएको थियो। तर तीन वर्ष पछि प्रियंका र रोचकको डिभोर्स भएको थियो।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू