Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

वरिष्ठ कलाकार मिश्रको निधन, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई पितृशोक

कान्छो छोरा विदेशबाट आएपछि सम्भवतः बिहीबार मिश्रको अन्त्येष्टि गरिने, उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्

बुद्धबार, २३ श्रावन २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २३ साउन 

वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । 

आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा)बाट बाहिर निस्कनु भएको थिएन । 

उनको आत्मकथा ‘हर्मिताज : अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका पिता हुन् । 

कान्छो छोरा विदेशबाट आएपछि सम्भवतः बिहीबार मिश्रको अन्त्येष्टि गरिने छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू