Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
अवरुद्ध महाकाली राजमार्ग खुला निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ४ सय ४१ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा मन्त्री यादवद्वारा पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षण प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने

शेयर बजार घट्यो : १.४६ अंकले घटेर एक हजार १८८ अंकमा, कारोबार भने बढ्यो

मंगलबार कूल १५७ कम्पनीको नौ लाख नौ हजार ३४१ कित्ता शेयर रु २१ करोड ३७ लाख ९१ हजार ३१५ मूल्यमा खरीद बिक्री भएको छ

मंगलवार, २२ श्रावन २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २२ साउन 

शेयर बजार मंगलबार पनि सामान्य अंकले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.४६ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा झरेको छ । क वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२६ बिन्दुले घटेको छ । 

आइतबार बजार १.४३ बिन्दुले घटेर एक हजार १८९.८८ बिन्दुमा पुगेको थियो भने सोमबार पनि सामान्य अंकले गिरावट भएको थियो । मंगलबार कूल १५७ कम्पनीको नौ लाख नौ हजार ३४१ कित्ता शेयर रु २१ करोड ३७ लाख ९१ हजार ३१५ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार रकम आइतबार र सोमबारको तुलनामा भने बढी हो । 

आइतबार शेयर रु १६ करोड ७० लाख ४९ हजार ६८४ र सोमबार रु १९ करोड १७ लाख ४८ लाख १२० बराबरको खरीद बिक्री भएको थियो । स्टकका अनुसार मंगलबार तीन उपसमूहको शेयर बढेको छ । त्यसमा होटल ३२.३४, निर्जीवन बीमा ११.०५ र अन्य समूह २.४१ रहेका छन् । बैंकिङ ०.७७, विकास बैंक १.३१, जलविद्युत् ४.९६, वित्त क्षेत्र ४.०३, उत्पादन २४.४२, माइक्रोफाइनान्स १०.८१ र जीवन बीमा समूहको शेयर ३८.८३ बिन्दुले घटेको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू