Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

सोमबार विशेष : बोलबम धाममा भीड बढ्दै, दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास

ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले कावँर र कमण्डलुमा पवित्र गंगाजल उठाई बोलबम धाममा जलापर्र्ण गर्ने प्रचलन छ

सोमबार, २१ श्रावन २०७५, सगरमाथा पोष्ट

बुटवल, २१ साउन

रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला ) मा सोमबार भक्तजनको घुइँचो लागेको छ ।
 
सो ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले कावँर र कमण्डलुमा पवित्र गंगाजल उठाई बोलबम धाममा जलापर्र्ण गर्ने प्रचलन रहेको छ । 

श्रावण ११ गते गुरुपूर्णिमादेखि श्रावण शुक्लपक्ष भाद्र महिनाको १० गते ऋषितर्पणीसम्म एक महिना सञ्चालन हुने बोलबम धाममा विशेष गरी भगवान शिवलाई जलार्पण र रुद्राभिषेक गरिने पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका मुख्य पूजारी चन्द्र नेपालले जानकारी दिए । 

पूजारी नेपालले शास्त्रीय प्रमाणका लागि ज्योतिर्लिङ्गको अध्ययन, अनुसन्धान शुरु भएको उल्लेख गर्दै स्वंय उत्पत्ति भएको यसको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने, आरोग्य र ऐश्वर्य प्राप्त हुने बताए । 

त्यस्तै २९ गते देवघाटधाम यात्रा, भदौ ३ गते रिडी रुरु क्षेत्र सवारी साधनयात्रा हुने बोलबम धामका प्रमुख सल्लाहकार रामप्रसाद भण्डारीले जानकारी दिए । 

सो धाममा शिव पाञ्चायन, गणेश पार्वती मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सन्तोषिमाताको मन्दिर, चन्द्रमा आकारको धाम सरोवर १०८ शिवलिङ्ग र ५.५ फूटको शिवमूर्ति र नागकुण्ड रहेका छन् । 

सो धाममा गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तु, चितवन, काठमाडौँलगायत भारतबाट समेत पाँच लाख बढी भक्तजन मेलामा सहभागी हुने बताइएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू