Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

दुर्घटनामा १ को मृत्यु, ७ घाइते, चालक र गाडी दुवै प्रहरीले नियन्त्रणमा

हायसमा सवार सात जना यात्रु रहेको र उनीहरु सामान्य घाइते भई टीकापुरस्थित रत्न अस्पतालमा उपचार भइरहेको जानकारी

बिहीवार, १७ श्रावन २०७५, सगरमाथा पोष्ट

कैलाली, १७ साउन 

कैलालीको लम्कीचुहा नगरपालिका–८ गर्कामा बिहिबार बिहान गाडीको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ । 

पूर्व पश्चिम राजमार्गअन्तर्गत नेपालगन्जबाट धनगढीतर्फ जाँदै गरेको भे१ज ६३५ नंको हायसले ठक्कर दिँदा सोही नगरपालिका–९ खुमरियाका ६५ वर्षीय पञ्चराम चौधरीको टीकापुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । 

साइकल यात्रु चौधरीको बाटो काट्ने क्रममा हायसले ठक्कर दिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वलीले बताए । हायसमा सवार सात जना यात्रु रहेको र उनीहरु सामान्य घाइते भई टीकापुरस्थित रत्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । चालक र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू